कोरोना महामारी : टि-२० विश्वकप रोकिने सम्भावना, यस्ता छन् आईसीसी सामु ३ बिकल्प

अस्ट्रेलियामा अक्टोबर-नोभेम्बरमा आयोजना हुने टि-२० विश्वकप आयोजनामा कोभिड-१९ महामारीको कारण संशय छाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले विश्वकपलाई २०२२ सम्म सार्नेमा विचार गर्ने भएको छ।

आईसीसीको बोर्ड सदस्यहरु बीच मे २८ मा बैठक हुँदैछ। बोर्डका एक सदस्यले आईसीसीले प्रतियोगिता आयोजना रोक्नेमा विचार गर्ने बताएका छन्। बोर्ड सदस्यका अनुसार क्रिकेट अस्ट्रेलियाले पनि यो प्रस्ताबलाई समर्थन गर्ने सम्भावना छ।

“हामिसंग तिन वटा बिकल्पहरु रहेका छन्। एउटा १४ दिनको आइसोलेसन पछि टि-२० विश्वकप आयोजना जसमा दर्शकको अनुमति छ। दोश्रो बिकल्प म्याच खालि स्टेडियममा गर्ने हो। तेश्रो बिकल्प २०२२ मा प्रतियोगिता आयोजना गर्नु हो।” बोर्ड सदस्यले प्रेस ट्रस्ट अफ इन्डियालाई गोपनियताको शर्तमा बताए।

“आईसीसीलाइ वित्तीय समस्याको सामना गर्न पर्ने हुन सक्छ तर यो अकल्पनीय समस्या हो। यदी २०२२ मा प्रतियोगिता भयो भने खास घाटा हुने छैन।”

टि-२० विश्वकप रोकिए इन्डियन प्रिमियर लिग ( आईपीएल  ) हुने सम्भावना बढ्ने छ। यदी कोरोना महामारी थामिए आईपिएल आयोजना हुनसक्छ। अहिले अनिश्चितकालको लागि प्रतियोगिता सारिएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy