कोलकाताले बेगलुरुलाई हरायो, कोलकाताको लगातार दोस्रो जित

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई कोलकाता नाईटराईडर्सले पराजित गरेको छ ।

बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी क्रिकेट स्टेडियममा पाहुना टोली कोलकाताले ७ विकेटको जित हात पारेको हो ।

बेंगलुरुले दिएको १ सय ८३ रनको लक्ष्य कोलकाताले १६ दशमलब ५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

कोलकाताका लागि वेनकटेस अय्यरले ३० बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५० रन बनाए । सुनिल नारायणले २२ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाए । अर्का ओपनर फिलिप साल्टले २० बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए ।

पहिलो विकेटका लागि नारायण र साल्टले ८६ रनको साझेदारी गरेका थिए । कप्तान श्रेयस अय्यर २४ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३९ रन बनाए ।

बेंगलुरुका लागि यस दयाल, मगंक डगर र विजयकुमारले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

बेंगलुरुका लागि विराट कोहलीले ५९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा अविजित ८३ रनको अर्धशतकीय ईनिङ खेले । क्यामरुन ग्रीनले २१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । ग्लेन म्याक्सवेलले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए ।

कोलकाताका लागि हर्षित राना र आन्द्रे रसेलले समान २/२ तथा सुनिल नारायणले १ विकेट लिए ।

लगातार दोस्रो खेलमा विजयी कोलकाता ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित बेंगलुरु ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ ।





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]