कोशी प्रदेश टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं । विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

समूह ए बाट विजेता बन्दै त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा समूह बी को विजेता बन्दै लुम्बिनी र उपविजेता बन्दै सुदूरपश्चिम प्रदेश च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह ए को विजेता बनेको आर्मीले समूह चरणको चारै खेल जितेकोमा कर्णाली भने २ मा विजयी र २ मा पराजित भएको थियो । आजको खेलमा विभागीय टोली नेपाल एपीएफलाई पराजित गरे पनि रन रेटमा मधेश कर्णाली भन्दा तल रहेकाले समूह चरणबाट नै बाहिरियो । यस समूहका कोशी प्रदेश तथा एपीएफले समान १/१ जित निकालेका थिए ।

समूह बी को विजेता बनेको लुम्बिनी प्रदेशले ३ खेलमा जित र १ मा हार व्यहोर्यो । उपविजेता सुदूरपश्चिमले पनि समान ३ मा जित र १ मा हार व्यहोर्यो । नेपाल पुलिस र बाग्मती प्रदेशले समान २/२ खेल जित्दा गण्डकी प्रदेश भने जित बिहिन रह्यो ।

च्याम्पियनसिपको दुवै सेमिफाइन खेल शुक्रबार हुँदा फाइनल खेल शनिबार हुनेछ । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागीता रहेको छ ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]