क्रिकेटरको नयाँ ग्रेड सार्वजनिक, ग्रेड ए का क्रिकेटरले मासिक एक लाख पाउने

२०८० फाल्गुन १४, सोमबार १५:४४

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ ग्रेड सार्वजनिक गरेको छ । क्यानको सोमबार बसेको बैठकले पुरुष र महिला खेलाडीहरुको वर्गीकरण गरेको हो । ए ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ दिने भएको छ ।

ग्रेड ए मा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । ग्रेड बी मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा छन् ।

विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी ग्रेड सीमा परेका छन् । पवन सरार्फ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् ।

क्यानले इमर्जिङ क्याटगोरी पनि बनाएको छ । जसमा हरेक प्रदेशका एक खेलाडी समावेश छन् । दीपेश कँडेल (कोशी), रुपेश सिंह (मधेश), रिजन ढकाल (बागमती), विपिन खत्री (गण्डकी), देव खनाल (लुम्बनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) छन् ।

क्यानका अनुसार ग्रेड ए मा परेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउनेछन् । ग्रेड बी लाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, ग्रेड डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २५ हजार तलब दिइनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy