क्रिकेट जर्सीको अमेरिकामा बिक्रि अधिकार एक्जोबीलाई

२०८१ बैशाख १, शनिबार २१:०५

काठमाडौं । आगमी जुनमा हुने टी-२० विश्वकपको लागि नेपाली क्रिकेट टिमले लगाउने जर्सीको अमेरिकी बिक्रि अधिकार केल्मी नेपालले एक्जोबी यूएसएलाई दिएको गरेको छ ।

केल्मी नेपालले तयार पार्ने जर्सी अमेरिकामा आधिकारिक बिक्रिको अधिकारका लागि एक्जोबी यूएसएका ब्यवस्थापकद्धय सुमन क्षेत्री र केशव दाहाल तथा केल्मी नेपालका निर्देशक प्रदिप न्यौपानेबिच मेरिल्याण्डको बाल्टिमोरमा सम्झौता भएको हो ।

जर्सीलाई अनलाईनको माध्यमबाट विक्रि गरिने एक्जोबी यूएसएका ब्यवस्थापक सुमन क्षेत्रीले बताए ।

जसका लागि बेवसाईट तयार पारिएको छ भने मूल्य ३९.९९ डलर राखिएको छ । विश्वकप हेर्नका लागि अमेरिकामा रहेका नेपाली समर्थक निकै उत्साहित रहेका छन् । र, जर्सीका लागि पनि सोधखोज गरिरहेका छन । अब उनीहरुका लागि यो सम्झौताले ठूलो सहयोग हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy