क्रिस गेल २०२० क्यारेबियन प्रिमियर लिग नखेल्ने, कारण यस्तो

२०७७ असार १०, बुधबार ०८:०४

विस्फोटक ब्याट्सम्यान क्रिस गेलले २०२० क्यारेबियन लिग ( सिपिएल टि-२० ) नखेल्ने निर्णय गरेका छन्। गेलले आफ्नो फ़्रेन्चाइज् सेन्ट लुसिया जुक्सलाई सोमबार आफु लिगको लागि उपलब्ध नहुने बताएका हुन्। लिगको लागि खेलाडीहरुको ड्राफ्ट हुनु दुइ दिन अघि गेलले उक्त निर्णय लिएको क्रिक्इन्फोले लेखेको छ।

गेलले नखेल्नुको पछाडी पारिवारिक कारण रहेको बताएका छन्। कोभीड-१० का कारण गेल जमाईकामा रोकिएका कारण गेलले आफ्नो परिवार र छोरासंग लामो समय देखि भेट्न पाइरहेका छैनन्। त्यसैले उनले परिवारसंग समय बिताउने निर्णय गरका हुन्। सेन्ट लुसियाको लागि खेलेको भए गेलको क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स र जमाईका तल्लावाह पछि तेश्रो टिम हुने थियो।

सीपीएल टि-२० अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एण्ड टोबागोमा आयोजना हुने बताईएको छ जसलाई सरकारले भने आयोजनाको हरियो झन्डा दिन बाँकी रहेको छ।

“गेलले व्यक्तिगत कारण देखाउदै लिग नखेल्ने निर्णय गरेको हामीले बुझेका छौँ। हामि गेललाई २०२० को बाँकी समयको लागि सुभकामना दिन्छौ र आशा गर्नेछौँकि उनि २०२१ को सिजनमा फिर्ता हुनेछन्।” क्यारेबियन प्रिमियर लिगका प्रवक्ताले लिगको वेबसाइटमा बताएका छन्।

गेलले सेन्ट लुसिया जुक्ससंग अप्रिलमा टिमको मार्की खेलाडीको रुपमा अनुबन्ध गरेका थिए। गेलले मार्की खेलाडी भए बापत १ लाख ३० हजार देखि १ लाख ६० हजार मूल्य पाएका थिए।

क्यारेबियन लिग इतिहासकै सर्वाधिक रनकर्ता ( २,५३४ रन ) गेलले पहिलो ४ सिजन जमाईका तल्लावाहको प्रतिनिधित्व गरेका थिए जुन क्रममा दुइ वटा लिग उपाधि समेत दिलाएका थिए। त्यसपछि उनले दुइ वर्ष सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सको प्रतिनिधित्व गरे। त्यसपछि पुनः गत वर्ष तल्लावाहमै फर्किने क्रममा उनले शतक प्रहार गरेका थिए। तर गत सिजन गेलको फर्म भने खस्किएको थियो।

गेलले वेस्टइन्डिजको लागि १०३ टेस्ट, ३०१ एकदिवसीय र ५८ टि-२० खेल्ने क्रममा क्रमशः ७,२१४ , १०,४८० र १,६२७ रन बनाएका छन्। उनको नाममा टेस्टमा १५, एकदिवासियीमा २५ र टि-२० मा २ वटा शतक रहेको छ। २०१९ विश्वकप पछि गेलले वेस्टइन्डिजको प्रतिनिधित्व गर्न पाएका छैनन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy