ग्रेट हिमालयको आयोजनामा दुइ दिवसीय क्रिकेट लिग आयोजना हुने

२०७६ कार्तिक २४, आईतवार १७:२१

काठमाडौँ स्थित वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीले मुलपानी मैदानमा दुइ दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।

पुष १९ गते देखि माग्न ४ गतेसम्म आयोजना हुने दोश्रो प्रतियोगिताको दोश्रो संस्करणमा देशभरका ६ वटा उत्कृस्ट क्लब र एकेडेमीहरुले लिग खेल्नेछन्।

१९ वर्ष मुनिका युवाहरुलाई लामो फर्म्याटको खेलको अनुभव दिलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको एकेडेमीका अध्यक्ष सुदिप शर्मामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बताउनु भयो। सेतो लुगा र रातो बलबाट हुने यो निजि क्षेत्रबाट आयोजित देशकै पहिलो बहुदिवसीय प्रतियोगिता हो।

“हामीलाई विश्वास छ यस प्रतियोगिताको माध्यमबाट युवा खेलाडीहरुले शारीरिक र मानसिक रुपमा आफुलाई माथिल्लो स्तरको क्रिकेटको लागि गर्नेछन्।

लिगमा सहभागी ६ वटा टिमलाई २ वटा समुहमा बिभाजन गरिनेछ। प्रत्येक टिमले न्युनतम दुइवटा दुइ दिवसीय खेल खेल्नेछन्।

प्रतियोगिताको कुल खर्च रु. ५० लाख रहेको छ। लिगको विजेता, उप-विजेता, उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई नगद पुरस्कार सहित ट्रफी, मदन प्रदान गरिनेछ।

प्रतियोगिताको दौरान उपत्यकाका फरक-फरक विद्यालयका विधार्थीहरुलाई बिद्यालयसंगको सहकार्यमा मैदानमै निमंत्रना गरि प्रतियोगिताको खेल हेर्ने अवसर प्रदान गरिनेछ। यसकारण ले भविष्यमा विद्यार्थी र युवाहरु माझ क्रिकेट खेलको यो फर्म्याटको  विस्तार र विकास हुने विश्वास आयोजकले लिएको छ।

ग्रेट हिमालयले यस अघि २०७२ सालमा यस प्रतियोगिताको ५० ओभरको एकदिवसीय ढांचामा आयोजना गरेको थियो। सोहि प्रतियोगितालाई नयाँ नामकरण गरेर ‘हिमालय क्रिकेट लिग’ दुइ दिवसीय ढांचामा सुरु गरेको आयोजकले बताएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy