ग्रेट हिमालयको आयोजनामा दुइ दिवसीय क्रिकेट लिग आयोजना हुने

काठमाडौँ स्थित वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीले मुलपानी मैदानमा दुइ दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।

पुष १९ गते देखि माग्न ४ गतेसम्म आयोजना हुने दोश्रो प्रतियोगिताको दोश्रो संस्करणमा देशभरका ६ वटा उत्कृस्ट क्लब र एकेडेमीहरुले लिग खेल्नेछन्।

१९ वर्ष मुनिका युवाहरुलाई लामो फर्म्याटको खेलको अनुभव दिलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको एकेडेमीका अध्यक्ष सुदिप शर्मामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बताउनु भयो। सेतो लुगा र रातो बलबाट हुने यो निजि क्षेत्रबाट आयोजित देशकै पहिलो बहुदिवसीय प्रतियोगिता हो।

“हामीलाई विश्वास छ यस प्रतियोगिताको माध्यमबाट युवा खेलाडीहरुले शारीरिक र मानसिक रुपमा आफुलाई माथिल्लो स्तरको क्रिकेटको लागि गर्नेछन्।

लिगमा सहभागी ६ वटा टिमलाई २ वटा समुहमा बिभाजन गरिनेछ। प्रत्येक टिमले न्युनतम दुइवटा दुइ दिवसीय खेल खेल्नेछन्।

प्रतियोगिताको कुल खर्च रु. ५० लाख रहेको छ। लिगको विजेता, उप-विजेता, उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई नगद पुरस्कार सहित ट्रफी, मदन प्रदान गरिनेछ।

प्रतियोगिताको दौरान उपत्यकाका फरक-फरक विद्यालयका विधार्थीहरुलाई बिद्यालयसंगको सहकार्यमा मैदानमै निमंत्रना गरि प्रतियोगिताको खेल हेर्ने अवसर प्रदान गरिनेछ। यसकारण ले भविष्यमा विद्यार्थी र युवाहरु माझ क्रिकेट खेलको यो फर्म्याटको  विस्तार र विकास हुने विश्वास आयोजकले लिएको छ।

ग्रेट हिमालयले यस अघि २०७२ सालमा यस प्रतियोगिताको ५० ओभरको एकदिवसीय ढांचामा आयोजना गरेको थियो। सोहि प्रतियोगितालाई नयाँ नामकरण गरेर ‘हिमालय क्रिकेट लिग’ दुइ दिवसीय ढांचामा सुरु गरेको आयोजकले बताएको छ।





थप समाचार

नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल ए ले जितका लागि २ सय २३ रनको लक्ष्य […]

एसएस एभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

काठमाडौं । एसएस एभेन्ट्स प्राली र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको […]

कमलले लिए दोस्रो बलमा विकेट

काठमाडौं । नेपाल ए का तीव्र गतिका बलर कमलसिंह ऐरीले ईनिङको दोस्रो बलमा नै विकेट लिएका छन् । कमलले कप्तान […]

नेपाल ए र आयरल्यान्ड वल्भ्सबीचको पहिलो खेल आज

काठमाडौं । नेपाल ए र आयरल्यान्ड वल्भ्सबीचको टी-ट्वान्टी सिरिजको पहिलो खेल आज (शुक्रबार) हुदैछ। यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका […]

दिल्लीलाई हराउँदै राजस्थानको लगातार दोस्रो जित

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को नवौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापियल्सलाई पराजित गरेको छ । घरेलु […]

परागको अर्धशतकमा दिल्लीले पायो १८६ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को नवौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापियल्सलाई १ सय ८६ रनको लक्ष्य […]