घरेलु भुमीमा पहिलो पटक सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा नेपाल

काठमाडौं । नेपाल र क्यानडाबीचको तीन खेलको ओडिआई सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेल आज(सोमबार) हुदैछ ।

नेपाल र क्यानडाबीचको खेल टियु मैदान कीर्तिपुरमा सोमबार बिहान सवा नौ मा सुरु हुनेछ ।

पहिलो खेलमा कप्तान रोहितकुमार पौडेलको चार विकेटको सहयोगमा नेपालले सात रनको रोमान्चक जित निकालेको थियो । दोस्रो खेलमा तीन अर्धशतकको सहयोगमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको थियो । यो खेलमा जितका साथ नेपाल घरेलु भुमीमा ओडिआई सिरिज पहिलो पटक क्लिन स्विप गर्न चाहन्छ ।

यस भन्दा अघि नेपालले घरेलु भुमीमा दुई ओडिआई सिरिज खेलेको थियो । दुई मध्ये एकमा हार र अर्कोमा सिरिजमा जित हात पारे पनि सिरिज क्लिन स्विप भने गर्न सकेको थिएन । नेपालले २०२२ मा पपुवा न्युगिनीसँगको दुई खेलको सिरिज २-० ले गुमाएको थियो । २०२२ मा नै युएई विरुद्धको तीन खेलको सिरिज नेपालले २-१ ले जितेको थियो ।

विदेशी भुमीमा भएको सिरिजमा भने नेपालले क्लिन स्विपको नतिजा निकालिसकेको छ । २०२१ मा ओमानमा पपुवा न्युगिनीविरुद्ध नेपालले ओडिआई सिरिज क्लिन स्विप गरेको थियो । क्यानडा पनि जित निकाल्दै सिरिजमा सान्त्वना जित निकाल्न चाहन्छ ।

नेपाली टिम

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह

 





थप समाचार

ललितपुर मेयर्स कप आजबाट, बागमती र ललितपुर खेल्दै

काठमाडौं । ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता आज (शनिबार) बाट सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र […]

वाइड र नो-बल बिनाको त्यो विश्वकप …

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ । […]

चेन्नईमाथि गुजरातको सहज जित

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]

गिल र सुदर्शनको शतकमा चेन्नईलाई २३२ रनको लक्ष्य

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]

विश्वकपका लागि नामिबियाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नामिबियाको टोली घोषणा भएको छ […]

आइपीएल : चेन्नई र गुजरात खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ५९ औं खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाईटन्सबीच […]