चार्ल्सको शतकमा नेपाललाई २२८ रनको लक्ष्य

२०८१ बैशाख १९, बुधबार १४:०१

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिज ए बाट २ सय २८ रनको लक्ष्य पाएको छ ।

टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायो ।

वेस्ट इन्डिज ए का लागि ओपनर चार्ल्सले ६१ बलमा १३ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय १९ रनको शतकीय ईनिङ खेले । उनले ५५ बलमा शतक पूरा गरे । यस सिरिजमा वेस्ट इन्डिजको तर्फबाट यो पहिलो शतक हो । यस अघि पहिलो खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले शतक प्रहार गरेका थिए ।

आन्द्रे फ्लेचरले ३३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । दोस्रो विकेटका लागि फ्लेचर र चार्ल्सले १ सय ४५ रनको शतकीय साझेदारी गरे । शतकीय साझेदारी सागर ढकालले तोडेका थिए ।

वेस्ट इन्डिज ए का अर्का ओपनर एलिक एथानेजले १० बलमा १७ रन बनाए । फेबियन एलेनले ९ बलमा २ चौका र १ छक्काको सहयोगमा १९ रन बनाए ।

नेपालका लागि करण केसी र सागर ढकालले समान एक एक विकेट लिए ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy