चिन बिरुद्ध नेपाल सहजै विजयी : बि एण्ड आर कप

चिनमा जारि ‘बी एण्ड आर कप’ टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले सहज जित निकालेको छ ।

बुधबार भएको प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले चीनलाई ८ विकेटले पराजित गरेको हो। यस अघि सोमबार सम्पन्न पहिलो खेलमा नेपाल थाईल्याण्डसंग २९ रनले पराजित भएको थियो। अंकतालिका 

खेलमा चीनले दिएको ३८ रनको सामान्य लक्ष्य नेपालले सहजै पूरा गर्यो । चीनले १० ओभरमा ३७ रन बनाउँदै पूरै विकेट गुमाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले ६ ओभरमा दुई विकेट गुमाउँदै ३८ रन बनाउन सफल भएको थियो।

जितमा इश्वरी विस्ट उत्कृस्ट खेलाडी घोषित भइन् जसले ३ विकेट हात पारेकी थिईन्। थाईल्याण्ड बिरुद्ध पहिलो खेलमा एकै ओभरमा २० रन खर्चेर खराब प्रदर्शन गरेकी बिस्टले दोश्रो खेलमा भने उत्कृस्ट प्रदर्शन गरिन्।

प्रतियोगिता अन्तर्गत नेपालले आगामी खेल विहिबार म्यानमारसंग तथा शुक्रबार मलेसियासंग खेल्नेछ। प्रतियोगितामा नेपाल लगायत चिन, मलेसिया, म्यानमार, थाईल्याण्ड  गरि कुल ५ टिम सहभागी छन्।

खेलको भिडियो 





थप समाचार

नेपालका ६ क्रिकेटरले मलेसियन सुपर कप खेल्ने

काठमाडौं । मलेसियामा आयोजना हुने मलेसियन सुपर कप २०२४ मा सहभागीता जनाउने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) ले शनिबार […]

इमर्जिङ एसिया कपमा स्थान बनाउँन हङकङसँग खेल्दै नेपाल

काठमाडौं । ओमानमा जारी दोस्रो संस्करणको एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ । खेल […]

चेन्नईमाथि लखनाउको जित

काठमाडौं । चेन्नई सुपर किंग्समाथि १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३४ औं खेलमा लखनाउ सुपर जायन्ट्सले जित निकालेको छ […]

जडेजाको अर्धशतकमा लखनाउलाई १७७ रनको लक्ष्य

काठमाडौं । अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकको सहयोगमा चेन्नई सुपर किंग्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३४ औं खेलमा लखनाउलाई […]

कोशीमाथि बागमतीको रोमान्चक जित

काठमाडौं । काठमाडौं जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत चौथो दिनको पहिलो खेलमा बागमती प्रदेशले रोमाञ्चक जित दर्ता […]

युएईसंग पराजित हुँदा नेपाल एसिया कप छनोट हुन असफल

काठमाडौं । नेपाललाई स्तब्ध पार्दै ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको युएई सेमिफाइनल प्रवेश गरेको छ । यो […]