टि-१० लिग : पारस फेरी बेञ्चमै

२०७६ मंसिर ३, मंगलवार २२:००

युएईमा जारि टि-१० लिग अन्तर्गत पारस खड्का आबद्ध टिम आबु धाबीले दोश्रो चरणको पहिलो खेलमा थिसारा परेरा कप्तानीको बाङ्ग्ला टाइगर्सको सामना गर्दैछ।

खेलमा टस जितेर बलिङ्ग रोजेको आबु धाबीले लगातार दोश्रो खेलमा पारस खड्कालाई अन्तिम ११ मा स्थान दिएको छैन। पहिलो २ खेलमा मौका पाएका पारसलाई त्यसपछि सोमबार मराठा अरबियन्स बिरुद्ध पनि खेलाएको थिएन। लगातार दोश्रो खेलमा पारसलाई मैदान बाहिर राखिएको छ।

आबु धाबीको अन्तिम-११ – लुक राइट, अभिस्का फर्नान्डो, मोइन अलि ( कप्तान ), एलेक्स डेभिस, वेन म्याडसन, लुइस ग्रेगरी , रोहन मुस्तफा , ह्यारी गर्ने, बेन लाफलिन, हेडन वाल्स, मर्चान्ट डी लांगे।

लिगमा यस अघि पारसले दुइ खेल खेल्ने मौका पाएता पनि अन्तिममा मात्र ब्याटिंग गर्न पाएका थिए। पहिलो खेलमा कलन्दर्स बिरुद्ध मौका पाउनु क्रममा पारसले अविजित ३ बलमा ३ रन बनाएका थिए भने दोश्रो खेलमा नर्थर्न वारियर्स बिरुद्ध १ बलमा १ रन बनाएर अविजित रहेका थिए।

आबु धाबीले यस अघि पहिलो चरणमा खेलेको ३ खेलमा १ जित ,१ बराबरी र १ खेलमा हार बेहोरेको थियो। अब प्लेअफ चरण प्रवेश गर्नको लागि आबु धाबीलाई आजको खेल जित्ने दबाब रहेको छ।

लिग अन्तर्गत सन्दिप लामिछानेको टिम कर्नाटका टस्कर्सले दोश्रो चरण अन्तर्गत आगामी खेल बुधबार बेलुका मराठा अरबीयन्स बिरुद्ध खेल्नेछ। खेल नेपाली समय बेलुका ५:१५ बजे सुरु हुनेछ। भोलिनै आबु धाबीले डेक्कन ग्ल्याडीएटर्स बिरुद्ध खेल्नेछ। खेल राति ९:४५ बजे सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy