दाङ क्रिकेट लिग : दंगाली लायन्स र पुरनधारा च्यालेन्जर्स विजयी

काठमाडौं । दाङको घोराहीमा दाङ क्रिकेट लिगको दोश्रो संस्करणमा दंगाली लायन्स र पुरनधारा च्यालेन्जर्स विजयी सुरुआत गरेका छन् ।

दाङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा दंगाली लायन्स र पुरनधारा च्यालेन्जर्स विजयी भएका हुन् । दंगालीले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई तथा पुरनधाराले देउखुरीलाई पराजित गर्यो।

आजको पहिलो खेलमा दंगाली लायन्सले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई ९ विकेटले पराजित गर्यो।

घोराही टाइगर्सले दिएको १ सय १२ रनको लक्ष्य दंगाली लायन्सले १६ दशमलब १ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो।

दंगाली लायन्सको लागि सन्तोष कार्की र बसिर अहमदले समान ४५ रन योगदान दिए। सन्तोषले ४६ बलमा ३ चौका तथा बसिरले ३९ बलमा ३ छक्का प्रहार गरे। राष्ट्रिय क्रिकेटर समेत रहेका बसिर खेलको प्लेयर अफ द म्याच घोषित भए।

त्यसअघि टस जितेर ब्याटिंग रोजेको घोराही टाइगर्सले १८ दशमलब २ ओभरमा १ सय ११ रन बनायो।

घोराहीको लागि अर्जुन घर्तिले सर्वाधिक ३२ रन योगदान दिए। रबिन थापाले अविजित १४ तथा ब्रिशब सेन्चुरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर दिलिप नाथले २ रन मात्र बनाउन सके।

दंगाली लायन्सको बलिंगमा शंकर रानाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४३ ओभरमा २१ रन खर्चिए। प्रकाश जैसी र बिर बहादुर घर्ति मगरले २/२ तथा कप्तान बिपिन खत्रीले १ विकेट लिए।

पहिलो दिनको दोश्रो खेलमा पुरनधारा च्यालेन्जर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गर्यो । देउखुरिले दिएको ९५ रनको लक्ष्य पुरनधाराले १२ दशमलब ३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा पुरनधाराको लागि प्रनित थापाले सर्वाधिक २६, राजु रिजालले २० , रित गौतमले १८ तथा कृष्ण कार्कीले अविजित ११ रन योगदान दिए। देउखुरीको बलिंगमा कप्तान विशाल विक्रम केसीले ३ विकेट तथा सुभम खनाल र दिपक बोहराले १र१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिंग गरेको देउखुरी वारियर्सले २० ओभरमा सबै विकेट गुमाएर ९४ रन बनायो।

देउखुरीको लागि आशिष ओलीले सर्वाधिक ३३, नारायण जोशीले २३ तथा बिशाल बिक्रम केसीले १६ रन योगदान दिए। पुरनधारा च्यालेन्जर्सको बलिंगमा देब्रे हाते स्पिनर दिपेन्द्र रावत एक्लैले ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा मात्र ७ रन खर्चिए। कृष्ण कार्की, मोहन खत्री र राजवीर सिंहले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत दोश्रो दिन मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९स्३० बजे दंगाली लायन्स र तुलसीपुर रोयल्स तथा दोश्रो खेलमा दिउँसो १:३० बजे पुरनधारा च्यालेन्जर्स र घोराही टाइगर्स बीच हुनेछ।

प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन्।

राउण्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगिता फागुन १९ गते सम्म संचालन हुनेछ।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]