दिल्लीमाथि कोलकाताको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्समाथि सहज जित हात पारेको छ ।

घरेलु मैदान इडन ग्राडेन क्रिकेट स्टेडियममा भएको खेलमा कोलकाताले ७ विकेटको जित हात पारेको हो ।

दिल्लीले दिएको १ सय ५४ रनको लक्ष्य कोलकाताले १६ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

कोलकाताका लागि ओपनर फिलिप साल्टले ३३ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ६८ रनको अर्धशतकीय ईनिङ खेले । पहिलो विकेटका लागि सुनिल नारायण र साल्टले ३७ बलमा ७९ रनको साझेदारी गरेका थिए । नारायणले १० बलमा ३ चौकाको सहयोगमा १५ रन बनाए ।

कप्तान श्रेयस अय्यरले २३ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित ३३ रन बनाए । बेङ्कटेस अय्यरले २३ बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित २६ रन बनाए ।

दिल्लीका लागि अक्षर पटेलले दुई तथा लेजार्ड विलियम्सले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।

दिल्लीका लागि कुलपि यादवले २६ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३४ रन बनाए । कप्तान रिषभ पन्तले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । अभिषेक पोरेलले १५ बलमा १८ तथा अक्षर पटेलले २१ बलमा १५ रन बनाए ।

कोलकाताका लागि वरुण चक्रवर्तीले तीन तथा हर्षित राना र बैभब अरोराले समान दुई दुई विकेट लिए ।

नौ खेलमा छैटौं जितका साथ कोलकाता दोस्रो स्थानमा कायमै छ । एघारौं खेलमा छैटौं हारका साथ दिल्ली छैटौं स्थानमा छ ।





थप समाचार

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]

नेपाल पहिले ब्याटिङ गर्दै, करण बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान […]