दिल्लीले गुजरातलाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई जितका लागि २ सय २५ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २४ रन बनायो ।

दिल्लीका लागि रिषभ पन्त र अक्षर पटेलले अर्धशतकीय ईनिङ खेले । कप्तान पन्तले ४३ बलमा ५ चौका र ८ छक्काको सहयोगमा अविजित ८८ रन बनाए । पटेलले ४३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६६ रन बनाए । पटेल र पन्तले चौथो विकेटका लागि ६८ बलमा १ सय १३ रनको महत्तवपुर्ण शतकीय साझेदारी गरे ।

ट्रिस्टन स्टब्सले ७ बलमा ३ चौका र २ छक्काको सहयोगमा अविजित २६ रन बनाए । जेक फ्रेजरले १४ बलमा २३ तथा पृथ्वी शाले ७ बलमा ११ रन बनाए । पाँचौ विकेटका लागि पन्त र स्टब्सले अविजित ६७ रनको साझेदारी गरे ।

गुजरातका लागि सन्दीप वारियर्सले तीन तथा नुर अहमदले एक विकेट लिए ।

जारी संस्करणमा दोस्रो पटक आमने सामने भईरहेका छन् । गत साता भएको भेटमा दिल्लीले गुजरातलाई पराजित गरेको थियो ।

 





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]