दीपेन्द्रको कीर्तिमानी ब्याटिङमा कतारलाई २११ रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी रहेको एसीसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई २ सय ११ रनको लक्ष्य दिएको छ ।

ओमानको मस्कटमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायो ।

नेपालका लागि ओपनर आसिफ शेखले ४१ बलमा ६ चौकाको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । तीन पटक जीवनदान पाएका आसिफले ३९ बलमा आफ्नो अर्धशतक पुरा गरे ।

दीपेन्द्रसिंह ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिङ खेले । दीपेन्द्रले बिस्फोटक ईनिङ खेल्दै एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । हर्शेल गिब्स, युवराज सिंह, किरन पोलार्ड र जसकरन मलहोत्राले यस अघि एक ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

कुशल मल्लले १८ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३५ रन बनाए । तेस्रो विकेटका लागि शेख र मल्लले ५३ रनको साझेदारी गरेका थिए ।

कप्तान रोहितकुमार पौडेलले १७ बलमा १८ तथा कुशल भुर्तेलले ११ बलमा १२ रन बनाए ।

कतारका लागि हिमाशुं राठौर र मुसावर शाहले समान तीन तीन तथा अमिर फरिकले एक विकेट लिए ।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]