धनगढी प्रिमियर लिगको चौथौ संस्करणको मिति सर्यो

२०७६ माघ २१, मंगलवार २१:१८

धनगढी, २१ माघ ।

धनगढी प्रिमियर लिगको चौथौ संस्करण पछाडी धकेलिएको छ । धनगढी प्रिमियर लिगको चौथौ संस्करण आउदो कात्तिक ८ गते देखि २२ गते अर्थात अक्टोम्बर २४ देखि नोभेम्बर ७ सम्म हुने जनाएको छ ।

यही फेब्रुअरी १५ देखि २७ सम्म गर्ने घोषणा गरिसकेको भए पनि  नेपाली राष्ट्रिय क्रिकेट टोलीको ब्यस्त अन्तर्रा्ष्ट्रिय  क्यालेन्डरका कारण प्रतियोगिता केहि समय मिति सरेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष   सुवास शाहीले एक प्रेस बिज्ञप्ती निकाल्दै जानकारी दिएका छन ।

देशमै पहिलो पटक विभिन्न शहरको टिमसहितको फ्रेन्चाइजी क्रिकेटको अवधारणा शुरु गरेको धनगढी प्रिमियर लिगले यस ठाउँलाई चिनाउन सफल भएको छ ।

प्रतियोगितामा ६ फ्रेन्चाईज टोलीले सहभागिता जनाउने छन् । सहभागि टिममा चौराहा धनगढी, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्स रहेका छन् ।गत संस्करणको उपाधि अत्तरियाले जितेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy