नेदरल्यान्ड्सद्वारा नेपाल पराजित

२०८१ जेष्ठ २३, बुधबार ०१:०८

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा नेपालमाथि नेदरल्यान्ड्सले जित निकालेको छ ।

अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गर्यो ।

नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओ डाउडले ४८ बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ५४ रनको अर्धशतकीय ईनिङ खेले । विक्रमजित सिंहले २८ बलमा २२ तथा साईब्रान्ड एगंलब्रेथले १६ बलमा १४ रन बनाए ।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलब २ ओभरमा अल आउट हुदै १ सय ६ रन मात्र बनाएको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३७ बलमा ५ चौकाको सहयोगमा ३५ रन बनाए । करण केसीले १२ बलमा २ छक्काको सहयोगमा १७ रन बनाए । गुलसन झाले १५ बलमा १४ तथा अनिल शाहले १२ बलमा ११ रन बनाए ।

नेदरल्यान्ड्सका लागि टिम प्रिगंल र लगेन भान बिकले समान तीन तीन तथा पल भान मिकरेन र बास डि लिडेले समान दुई दुई विकेट लिए ।

नेपाललाई पराजित नेदरल्यान्ड्स समूह डी को दोस्रो स्थानमा छ । पराजित नेपाल चौथो स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy