नेपाललाई सेमिफाइनल पुग्न ११५ रनको लक्ष्य

२०८१ बैशाख ३, सोमबार १४:२०

काठमाडौं । ओमानमा जारी एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा स्थान बनाउँन नेपालले हङकङबाट १ सय १५ रनको लक्ष्य पाएको छ ।

ओमानको मस्कटमा वर्षाका कारण खेल ढिला सुरु हुँदा १८ ओभरमा छोट्याईएको थियो । ओमानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित १८ ओभरको एक बल बाँकी रहँदा अल आउट हुदै १ सय १४ रन बनायो ।

हङकङका लागि ओपनर अंशुमान रथले २६ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३४ रन बनाए । कप्तान निजाकत खानले ११ बलमा १२ रन तथा जिशान अलिले १४ रन बनाए । इशान खानले ११ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपाली कसिलो बलिङ तथा फिल्डिङका कारण हङकङले यस ईनिङमा १ छक्का र ८ चौका प्रहार गर्यो ।

नेपालका लागि अभिनास बोहोराले तीन तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई दुई विकेट लिए । करण केसीले एक विकेट लिए । नेपालले रन आउटको रुपमा दुई सफलता हात पारेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy