नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको अन्तिम खेल आज

काठमाडौं । नेपाल ए र आयरल्याण्ड वल्भ्सबीचको तीन खेलको टी-ट्वान्टी सिरिजको तेस्रो तथा अन्तिम खेल आज हुदैछ ।

खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा अपरान्ह १ बजेदेखि शुरु हुने छ ।

आयरल्याण्डले यस अघिका दुवै खेल जितेर सिरिज जितिसकेको छ । आयरल्याण्डले सिरिजको पहिलो खेल २१ रनले जितेको थियो । भने, दोस्रो खेल ४० रनले जितेको थियो ।

अब सिरिजको तेस्रो खेलमा नेपाल ए ले विजयी लयमा फर्किने प्रयास गर्ने छ । यो सिरिज पछि नेपाल ए ले अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

नेपाली ए टिम

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy