नेपाल क्यानडा सिरिजको तयारी पूरा, दुवै कप्तान सिरिज जित्नेमा ढुक्क

२०८० माघ २४, बुधबार १९:३९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडाविरुद्धको ओडिआई सिरिजको तयारी पूरा भएको जानकारी गरेको छ ।

क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो ।

नेपालका कप्तान रोहितकुमार पौडेल र क्यानडाका कप्तान साद विन जाफरले सिरिज जित्नेमा ढुक्क रहेको बताएका छन् ।

बुधबार क्रिकेट क्यानडाले नेपाल सिरिजका लागि साद विन जाफरको कप्तानीमा १५ सदस्यिय टोली घोषणा गरेको छ ।

नेपाल र क्यानडाबीच तीन खेलको ओडिआई सिरिज आठ फेब्रुअरी अर्थात २५ माघमा हुनेछ । दोस्रो खेल १० फेब्रुअरी अर्थात माघ २७ मा तथा अन्तिम खेल १२ फेब्रुअरी अर्थात माघ २९ मा हुनेछ ।

तीनै खेल नेपाली समयअनुसार बिहान सवा नौ मा सुरु हुनेछ । क्यानले आइतबार मात्र सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको थियो । क्यानले हेमन्त धामी, रिजन ढकाल र आकाश चन्दलाई क्यानडा सिरिजका लागि पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएको थियो ।

तीव्र गतिका बलर हेमन्त धामी र आकाश चन्द क्यानडासँगको सिरिजलाई नेपाली टोलीमा परेका छन् ।

बायाँ हाते बलर रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए । आकाश चन्दले जारी यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध एक्लै ५ विकेट लिएका थिए । हेमन्तले खुट्टामा लागेको चोटका कारण यू-१९ विश्वकप गुमाएका थिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy