नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको त्रिदेशिय टी-ट्वान्टी सिरिज फागुन १५ बाट

२०८० माघ २६, शुक्रबार २१:२७

काठमाडौं । घरेलु टोली नेपाल, नामिबिया र नेदरल्यण्ड्सबीचको तिन देशिय टी-ट्वान्टी सिरिजको खेलतालिका प्रकाशीत भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार खेलतालिका प्रकाशीत गरेको हो । विश्वकप लिग टू अन्तर्गतको सिरिज १५ फेब्रुअरी देखि २५ फेब्रुअरी सम्म टियु क्रिकेट मैदान कीर्तिपुरमा भए लगत्तै यो सिरिज आयोजना हुनेछ ।

शुक्रबार जारी खेलतालिका अनुसार नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी-ट्वान्टी आई सिरिज २७ फेब्रुअरी अर्थात फागुन १५ बाट सुरु हुनेछ । सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया खेल्नेछन् । दोस्रो खेल २८ फेब्रुअरी अर्थात फागुन १६ मा नेदरल्याण्ड्स र नेपालबीच हुँदा २९ फेब्रुअरी अर्थात फागुन १७ मा नेदरल्याण्ड्स र नामिबिया भिड्नेछन् ।

नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा १ मार्च अर्थात फागुन १८ मा नामिबियासँग खेल्नेछ । २ मार्चमा अर्थात फागुन १९ मा नेदरल्याण्ड्स खेल्दा नामिबिया र नेदरल्याण्ड्सबीचमा ३ मार्च अर्थात फागुन २० मा समूह चरणको अन्तिम खेल हुनेछ । समूह चरणका शीर्ष दुइ टोलीबीच ५ मार्च अर्थात फागुन २२ मा हुनेछ ।

तीनै खेल नेपाली समयअनुसार बिहान साढे ११ मा सुरु हुनेछ । यस सिरिजका लागि नेपाली टोलीको भने घोषणा भएको छैन ।

खेल तालिका

May be a graphic of text

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy