काठमाडौं । घरेलु टोली नेपाल, नामिबिया र नेदरल्यण्ड्सबीचको एकदिवसीय सिरिजको खेलतालिका प्रकाशीत भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले मंगलबार खेलतालिका प्रकाशीत गरेको हो । विश्वकप लिग टू अन्तर्गतको सिरिज १५ फेब्रुअरी देखि २५ फेब्रुअरी सम्म टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
मंगलबार जारी खेलतालिका अनुसार नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको विश्वकप लिग टू अन्तर्गतको ओडिआई सिरिज १५ फेब्रुअरी अर्थात ३ फागुनबाट सुरु हुनेछ । सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया खेल्नेछन् । दोस्रो खेल १७ फेब्रुअरी अर्थात फागुन ५ मा नेदरल्याण्ड्स र नेपालबीच हुँदा १९ फेब्रुअरी अर्थात फागुन ७ मा नेदरल्याण्ड्स र नामिबिया भिड्नेछन् ।
नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा २१ फेब्रुअरी अर्थात फागुन ९ मा नामिबियासँग खेल्नेछ । २३ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स खेल्दा नेपाल र नेदरल्याण्ड्सबीचमा १५ फेब्रुअरीमा खेल हुदै यो सिरिज सकिने छ ।
तीनै खेल नेपाली समयअनुसार बिहान सवा नौ मा सुरु हुनेछ । क्यानले आइतबार सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको थियो । तीव्र गतिका बलर रिजन ढकाललाई पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएको थियो ।
बायाँ हाते बलर रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए ।
लिग २ का लागि नेपाली टोली:
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल
खेल तालिका

