नेपाल यु-१९ टिमले भारतको घरेलु क्रिकेट खेल्ने, यस्तो छ खेल तालिका

नेपाल यु-१९ क्रिकेट टिमले भारतको घरेलु क्रिकेट प्रतियोगिता ‘मेन्स अन्डर १९ वानडे च्यलेञ्जर्स ट्रफी’ को २०१९/२० संस्करण खेल्ने भएको छ । प्रतियोगिता नोभेम्बर ११ देखि सुरु हुनेछ ।

भारतको नियमित तालिका अनुसार रहेको घरेलु क्रिकेट प्रतियोगितामा नेपाल सहभागी हुन थालेको पहिलोपल्ट हो । यसअघि नेपालको टेस्ट राष्ट्रको मान्यता प्राप्त गर्ने रोडम्याप बनाउन चारदिवसिय तथा पांच दिवसिय क्रिकेटका लागि बिसिसिआईसंग समन्वय गर्ने कुरा गरेता पनि सफलता हात लागेको थिएन। यसअघि बिसिसीआईले गत वर्ष नेपाल, अफगानिस्तान र भारतका ‘ए’ र ‘बि’ गरि दुई टिम समेत सम्मिलित यु१९ चौकोणात्मक सिरिज आयोजना गरेको थियो।

‘मेन्स अन्डर १९ वानडे च्यलेञ्जर्स ट्रफी प्रतियोगिताको अघिल्लो संस्करणमा भारत निलो, रातो, हरियो र पहेंलो गरेर चार टिम रहेका थिए । उक्त संस्करणको उपाधी भारत हरियोले जितेको थियो । यसपाली भने भारत हरियोको स्थानमा नेपाल यु-१९ ले सहभागीता जनाउन लागेको हो ।

सिंगल राउण्ड रोबिन फर्म्याटको आधारमा हुने प्रतियोगिताका हरेक खेलले ‘लिस्ट ए’ मान्यता पाउने छन् । प्रतियोगिता नोभेम्बर १७ सम्म हुनेछ तर नेपाली टिम कहिले त्यहाँ पुग्ने भन्नेबारे अझै आधिकारिक जानकारी आएको छैन । यद्धपि पोखरा प्रिमियर लिगले आफ्नो पुर्व घोषित तालिका एक महिना पछाडी सार्दा यु१९ टिम भारत जाने बताएको छ ।

खेलतालिका:

  

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy