पाँचपोखरी टी२० क्रिकेट : हिमालयन र मेलम्ची विजयी

काठमाडौं । मुलपानी जारी रहेको छैटौ.संस्करणको पाँचपोखरी टी२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको दोस्रो दिन हिमालयन क्रिकेट क्लब र मेलम्ची नगरपालीकाले विजयी सुरुआत गरेका छन् ।

आज दोस्रो दिनको खेलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लबले चौतारा साँँगाचोकगढी नगरपालिकालाई पराजित गरेको छ । पाँचपोखरी हिमालयन क्रीकेट क्लब ६४ रन जित हात पारेको छ ।

पाँचपोखरीले टस जितेर पहिला ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा १२८ रन बनाएको थियो जसमा पेम्बा तामाङले ५७ रनको पारी खेलेका थिए । कप्तान पासाङ्ग तामाङ ले २९ रन बनएको थिए । १ सय २९ रनको लक्ष्य सहित जबाफी ब्याटिङ गरेको चौताराले १७ दशमलब ३ ओभरमा अल आउट हुँदै जम्मा ८३ रन बनायो । म्यान अफ द म्याच हिमालयनका करन तामाङ भए । करनले महत्त्वपूर्ण ४ विकेट लिन सफल भएका थिए ।

त्यसै गरि आजै भएको दोश्रो खेलमा मेलम्ची नगरपालिका ले बिजयी सुरुआत गरेको छ । इन्द्रावती गाउँपालिका ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरमा ९ विकेट को क्षतीमा मा १ सय ३ रन बनएको थियो । इन्द्रावती गाउँपालिका लागि चन्द्रकान्त पौडेल ले ३२ तथा उमंग धितालले २६ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटर उल्लेख रन बनाउन सकेनन् । मेलम्ची नगरपालिकाका लागि सोनु देबकोटा ले ३ विकेट तथा रिन्जिन लामाले २ र प्रशिस श्रेष्ठ २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको मेलम्ची रिन्जिन लामा को ४२ रन राकेश श्रेष्ठ को २५ रन को मद्दत ले १७ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । खेलको म्यान अफ द म्याच रिन्जिन लामा भए ।

भोलिको पहिलो खेल आयोजक पाँचपोखरी क्रीकेट क्लब बिरुद्ध माइटी साङ्गाचोकबीच रहेको छ । दोश्रो खेल चौतारा साङाचोकगढी बिरुद्ध भोटेचौर स्पोर्ट्स क्लबबीच रहेको छ ।





थप समाचार

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]

गायकवाडको अर्धशतकमा चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको अर्धशतकको सहयोगमा चेन्नई सुपर […]

विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ […]

अकिवको कप्तानीमा ओमानको टोली घोषणा

काठमाडौं । अलराउन्डर अकिव इलियाल्सको कप्तानीमा ओमानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागी […]