पिपिएलमा छक्का हानेको बलले लाग्दा पत्रकार जिसी घाइते

२०७६ मंसिर ३०, सोमबार २२:४९

पोखरामा जारि पोखरा प्रिमियर लिग अन्तर्गत दोश्रो दिन धनगढी ब्लुज र बिराटनगर टाईटन्स बीचको खेलमा छक्का प्रहार भएको बलले लागेर पत्रकार घाइते भएका छन्।

खेलको क्रममा धनगढीको लागि खेलीरहेका क्यानडाका खेलाडी श्रीमन्था विजयरत्नेले प्रहार गरेको बल हाम्रोखेलकुदका पत्रकार भुपेन्द्र जिसीलाई लागेको थियो। विजयरत्ने सोहि खेलाडी हुन् जसले नेपाल बिरुद्ध २०१८ डिभिजन-२ मा शतक बनाएका थिए जुन खेल करनले उत्कृस्ट प्रदर्शन गर्दै नेपाललाई जिताएका थिए।

बाउन्ड्री नजिक रहेको मिडिया बक्स अघि थोमसले प्रहार गरेको बललाई क्याच सामात्न किशोर महतोले गरेको प्रयास विफल हुँदा उक्त बल महतोको पछाडी रहेका पत्रकार जिसीलाई लागेको थियो। ल्यापटपमा समाचार लेख्नेक्रममा रहेका जिसीले बललाई छेक्ने प्रयास गरेता पनि उनको हातमा लागेर दायाँ आँखामा लागेको थियो।

“समाचार लेखिरहेको थिएँ। म भन्दा अघि किशोर महतो क्याच गर्न खोजिरहेको थियो। उसले क्याच लियो भनेर हेर्दा म माथि आइसकेको थियो। रोक्न खोज्दा खोज्दै चोट लाग्यो।” जिसीले बाउन्ड्री र मिडिया बक्स धेरै नजिक भएकोले यस्तो घटना घटेको विकेटनेपाललाई बताए।

घटना लगत्तै पत्रकार जिसीलाई मैदानमा प्राथमिक उपचार पछि गण्डकी मेडिकलमा पुर्याइएको थियो। सामान्य उपचार पछि उनि पुनः समाचार संकलन गर्न मैदान फर्केका थिए।

उपचार पछि जिसी सामान्य अवस्थामा

( फोटोहरु – सुदर्शन रञ्‍जित )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy