प्रदेश २ ले अनलाईन मार्फत बिभिन्न क्रिकेट गतिविधि गर्ने

cricket association of nepal

प्रदेश नम्बर २ क्रिकेट संघले हाल बिश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण क्रिकेट गतिबिधी ठप्प भएको अवस्थामा अनलाईनमा मार्फत बिभिन्न कार्यहरु गर्ने निर्णय गरेको छ ।

संघको  शुक्रवार सम्पन्न अनलाईन बैठकमा प्रदेश २ ले प्रदेश अन्र्तगत रहेका ८ वटै जिल्ला क्रिकेट संघलाई निर्देशन जारी गर्दै एकिकृत रुपमा खेलाडिको दर्ता अनलाईन मार्फत गर्ने निर्णय गरेको छ । जस अन्र्तगत खेलाडिको फर्म सामाजिक संजाल मार्फत तथा सामाजिक संजाल पहुच नभएका लागि जिल्ला संघ मार्फत फर्म उपलब्ध गराई दर्ता प्रकृया अगाडि बढाउने निर्णय गरेको प्रदेश २ क्रिकेट संघका सचिव आयुश श्रेष्ठले डिसी नेपाललाई जानकारी दिए ।

प्रदेश नं. २ क्रिकेट संघका अध्यक्ष हिरा भगतको अध्यक्षता एवम नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंहको बिशेष उपस्थितीमा सम्पन्न बैठकमा खेलाडिहरुको हितलाई ध्यानमा राखि खेलाडिको आवश्यक्तामा आधारित रही यस बिषम परिस्थितिमा कृयाकलाप गर्न प्रदेश नं. २ का नियमित खेलाडिहरुसंग जेष्ठ २५ गते सोमवार अन्तकृया कार्यक्रम समेत गर्ने निर्णय संघले गरेको जानकारी श्रेष्ठले गराए ।

संघले प्रदेश भित्र अनलाईन अम्पाएर तथा स्कोरिंग तालिम संगै खेलाडीहरुको फिटनेश तालिम समेत संचालन गर्ने निर्णय गरेको छ तर यसको आधिकारिक मिति जेष्ठ ३२ गते पछि नेपाल सरकारले तोकेको मोडालिटीलाई ध्यानमा राखेर गरिने श्रेष्ठले बताए ।





थप समाचार

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । आफ्नो तेस्रो खेलमा […]

दीपेन्द्र एसोसिएटको शीर्ष स्थानमा कायमै

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० आईको अलराउन्डर तर्फको वरियतामा एसोसिएट तर्फको शीर्ष स्थानमा कायमै रहेका छन् । अन्तर्राष्ट्रिय […]