काठमाडौं । गण्डकी प्रदेशलाई हराउँदै बागमती प्रदेशले मैयाँ देवी महिला यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ।
भरतपुरस्थित गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बागमतीले गण्डकीलाई ६ विकेटले पराजित गर्यो ।
गण्डकीले दिएको ८५ रनको लक्ष्य बागमतीले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
बागमतीका लागि कप्तान सोनी पाख्रिन २३ बलमा २ चौकासहित २० रनमा अविजित रहिन् । सबिका यादवले ५० बलमा २० तथा एलिसा खड्काले २४ बलमा १५ रन जोडे ।
गण्डकीका लागि सीमना केसीले १ विकेट लिइन ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनायो । गण्डकीको लागि ज्योत्स्निका मरासिनी ४१ बलमा ३ चौकासहित ३७ रनमा अविजित रहिन् । सीमना केसी २८ बलमा १ चौकासहित २१ रनमा आउट भइन । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन।
बलिङतर्फ बाग्मतीको लागि बिपिशा शाही र मनिशा उपाध्यायले समान १/१ विकेट लिए।
पहिलो संस्करणको यस प्रतियोगितामा सात प्रदेशको सहभागीता रहेको थियो ।
