बागमतीलाई हराउँदै लुम्बिनीको तेस्रो जित

Dev Khanal

काठमाडौँमा जारि एकदिवसीय अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत मुलपानीमा भएको खेलमा बागमतीलाई ३ विकेटले हराउँदै लुम्बिनीले तेस्रो जित दर्ता गरेको छ । यसअघि लुम्बिनीले पहिलो खेलमा गण्डकीलाई ९ विकेटले तथा तेस्रो खेलमा सुदूरपश्चिमलाई २ विकेटले पराजित गरेको थियो भने आफ्नो दोस्रो खेलमा कर्णालीविरुद्ध १४० रनको हार बेहोरेको थियो ।

हारसँगै बागमतीले भने प्रतियोगितामा आफ्नो दोस्रो हार बेहोरेको छ । बागमती आफ्नो पहिलो खेलमा प्रदेश-१ सँग २६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा गण्डकीलाई ७५ रनले पराजित गरेको थियो ।

बागमती प्रदेशले दिएको १९४ रनको लक्ष्य लुम्बिनीले ४६.५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । लुम्बिनीलाई जित दिलाउँन कप्तान देव खनालले ९९ बलमा ७ चौका र १ छक्काको मद्धतमा सर्वाधिक ६७ रन बनाए । यस्तै, प्रज्ज्वल थापाले ३४ तथा वासिर अहमदले अविजित ३१ रनको योगदान दिए ।

आकाश त्रिपाठी र कप्तान देव खनालले ४७ रनको ओपनिंग साझेदारी गर्दै लुम्बिनीलाई राम्रो सुरुवात दिलाए । त्यसपछि बिराट भण्डारी ४ तथा बिशाल बिक्रम केशी ८ रनमा आउट भएपछि कप्तान खनालले एक किनार सम्हाल्दै लुम्बिनीको इनिंग्स अघि बढाए ।

खनाल र प्रज्ज्वल थापाले चौथौं विकेटका लागि ५७ रनको साझेदारी गर्दै लुम्बिनीलाई मजबुत अवस्थामा ल्याए । खनाललाई प्रतिष जिशिले तथा थापालाई गौतम केशीले आउट पारेपछि भने लुम्बिनी १५४/५ को दबाब स्थितिमा पुगेको थियो । त्यसपछि अन्तिममा वासिर अहमदले अविजित ३१ रनको महत्वपूर्ण पारि खेल्दै लुम्बिनीलाई सान्दार जित दिलाए ।

बागमतीको बलिंगतर्फ गौतम केशीले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै, प्रतिष जिशि, कृश कार्की र तिलक भण्डारीको नाममा समान १ विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको बागमतीले ४७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १९३ रन बनाउँदै लुम्बिनीलाइ जितको लागि १९४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । बागमतीको ब्याटिंगमा बिबेक मगरले सर्वाधिक ४०, प्रशान्त महतले ३६ तथा बिपिन शाहीले २४ रन बनाउँनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।

४७ रनको योगफलमै ४ विकेटको गुमाएको बागमती प्रशान्त महत र बिबेक मगरले पाचौं विकेटका लागि ६५ रनको साझेदारी गर्दा सम्हालिएको थियो । प्रशान्त आउट भएपछि बिबेकले क्रिश कार्कीसँग सातौँ विकेटका लागि ३१ रनको साझेदारी गर्दै बागमतीलाई चुनौतिपूर्ण योगफलतर्फ डोर्याएका थिए ।

लुम्बिनीको बलिंगतर्फ बिशाल बिक्रम केशीले ७ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । यस्तै मोहम्मद हुसैन र कमल ओलीले समान २ तथा दुर्गेश गुप्ता र राहुल चौधरीले समान १ विकेट हात पारे ।





थप समाचार

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]