बिग ब्यासमा सन्दिपको मेलबर्नको पहिलो खेल आज ( सम्पूर्ण जानकारी )

अस्ट्रेलियामा १७ डिसेम्बर देखि सुरु भएको नवौ सिजनको चर्चित बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित टिम मेलबर्न स्टार्सले शुक्रबार पहिलो खेल खेल्दैछ।

लिग अन्तर्गत यस अघि ३ खेल सम्पन्न भैसकेका छन् जसमा सिड्नी थन्डर्सले दुइ वटा जित र सिड्नी सिक्सर्सले एउटा जित हाँसल गरेको थियो।

ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको मेलबर्न स्टार्सले क्रिस लिन कप्तानीको ब्रिसबेन हिटसंग पहिलो खेल खेल्नेछ। करारा ओभल क्वीन्सल्याण्डमा खेलिने खेल नेपाली समय १:५५ बजे दिउसो तथा अस्ट्रेलियाको स्थानीय समय बेलुका ६:१० बजे सुरु हुनेछ। बिग ब्यास लिगको प्रत्यक्ष प्रशारण नेपालमा सोनी सिक्स, सोनी इएसपिन च्यानलमा हेर्न सकिन्छ।

अघिल्लो सिजन पनि मेलबर्नको स्टार्सको लागि खेलेका सन्दिपलाई यो पटक मेलबर्नले १ करोड बढी मूल्यमा ( रकम खुलाइएको छैन ) अनुबन्ध गरेको हो। अघिल्लो सिजन सन्दिपले ६० देखि ७० लाख रुपैयाँ पाएको बताईएको थियो।

Sandeep Lamichhane

गत सिजन बिग ब्यासमा सन्दिपले कुल ८ खेल खेल्दा ११ विकेट लिएका थिए जुन क्रममा ६.५७ को राम्रो इकोनोमिले बलिंग गरेका थिए। बिग ब्यास लिग चल्दै गर्दा बीचमा उनि बंगलादेश प्रिमियर लिग खेल्न पुगेका थिए जसपछि पुनः लिगको अन्तिममा अस्ट्रेलिया पुगेका थिए।यो पटक सन्दिपले पुरा सिजन बिग ब्यास लिग खेल्नेछन्।

गत सिजन सन्दिपको प्रदर्शन – 

बिरुद्ध सिड्नी थन्डर्स – २ विकेट ( ४-०-३६-२ )
बिरुद्ध होबर्ट हरिकेन्स – ३ विकेट ( ४-०-२४-३ )
बिरुद्ध सिड्नी सिक्सर्स – २ विकेट ( ४-०-१८-२ )
बिरुद्ध मेलबर्न रेनेगेड्स  – १ विकेट ( ४-०-३१-१
बिरुद्ध ब्रिसबेन हिट – विकेटविहिन ( २-०-२८-० )
बिरुद्ध सिड्नी सिक्सर्स – ३ विकेट ( ३.४-०-११-३ )
बिरुद्ध होबर्ट हरिकेन्स – विकेटविहिन ( ४-०-३१-० )
बिरुद्ध मेलबर्न रेनेगेड्स – विकेटविहिन ( ४-०-१६-० )

बिग ब्यास लिगको गत सिजन मेलबर्न स्टार्स फाइनलसम्म पुगेको थियो। फाइनलमा मेलबर्न रेनेगेड्ससंग स्टार्स १३ रनले पराजित भएको थियो। लिग चरणमा मेलबर्न १४ खेलमा ७ जित र ७ हार पछि चौथो स्थानमा रहेको थियो।

बिग ब्यास लिग सुरु हुनु अघि खेलिएको अभ्यास खेलको दौरान ब्याटिंग गर्दै सन्दिप

मेलबर्न स्टार्स टिम :- ग्लेन म्याक्सवेल ( कप्तान ) पिटर ह्यान्ड्सकम्ब , बेन डंक, मार्कस स्टोइनिस, निक लार्किन, निक म्याड़ीसन, नाथन कोल्टर नाइल, एडम जाम्पा, हरिफ रौफ, सन्दिप लामिछाने, ड्यानीयल वोरल, हिल्टन कार्टराइट, क्लिन्ट हिंचलिफ

बिग ब्यास लिगमा कुल ८ टिम सहभागी रहेका छन् जुन यस प्रकार रहेका छन्। एडलेड स्ट्राइकर्स, ब्रिसबेन हिट, होबर्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्करचर्स, सिड्नी सिक्सर्स, सिड्नी थन्डर्स।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy