बि एण्ड आर कप : नेपालको दोश्रो जित, म्यानमार पराजित

चिनमा जारि ‘बि एण्ड आर कप’ महिला टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली अन्डर-१९ महिला टिमले म्यानमार यु-१९ टिमलाई पराजित गरेको छ।

प्रतियोगितामा नेपालको यो दोश्रो जित हो। यस अघि नेपालले चिनलाई ८ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा थाईल्याण्डसंग २९ रनले पराजित भएको थियो।

खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा म्यानमारले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ७२ रन मात्र बनाउन सक्यो बनाउन सक्यो। म्यानमारको योगफलमा नेपालले ३१ रन अतिरिक्त रन मार्फत योगदान दिएको थियो जसमा २६ वाइड सामेल थियो।

Player of the match Kritika Marasini

म्यानमारलाई सस्तोमा समेट्न कृतिका मरासिनीले ३ विकेट हात पारिन् जुन क्रममा ४ ओभर बलिङ्ग गर्दै मात्र ६ रन खर्चीन्। इश्वरी बिस्टले २ ( ३-०-१५-२ ) तथा शिला रेग्मी र लक्ष्मी साउदको नाममा १/१ विकेट रह्यो।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो। नेपालको लागि कविता कुँवरले सर्वाधिक २८ रन , कप्तान डली भट्ट र शिला रेग्मी क्षेत्रीले समान १५ रन तथा यसोधा बिस्टले १० रन बनाइन्। म्यानमारले अतिरिक्तको रुपमा २५ रन खर्चिएको थियो।

खेलको प्लेअर अफ द म्याच कृतिका मरासिनी चुनिइन्।  प्रतियोगिता अन्तर्गत नेपालले चौथो खेल मलेसियासंग शुक्रबार खेल्नेछ।





थप समाचार

गुजरातमाथि दिल्लीको सहज जित

काठमाडौं । दिल्ली क्यापिटल्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३२ औं खेलमा गुजरात टाइटन्समाथि सहज जित निकालेको छ । […]

दिल्लीको सामु चलेन गुजरातको ब्याटिङ, ८९ रनमा नै अल आउट

काठमाडौं । दिल्ली क्यापिटल्सका बलरको धारिलो बलिङ सामु गुजरात टाइटन्सका ब्याटर टिक्न नसक्दा रनमा अल आउट भएका छन् । घरेलु […]

एसीसी प्रिमियर कप : नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने

काठमाडौं । ओमानमा जारी रहेको एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईको सामना गर्ने भएको छ । नेपाल समूह ए को […]

दिपेन्द्रले पछि पारे म्याक्सवेललाई

काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर दिपेन्द्रसिंह ऐरीले अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेललाई पछि पारेका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी) ले […]

नेपाल अपराजित रहँदै सेमिफाइनलमा

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल साउदी अरेबियालाई पराजित गर्दै अपराजित रुपमा सेमिफाइनलमा स्थान सफल भएको छ । […]

अपराजित रहँदै सेमिफाइनल पुग्न नेपाललाई ७४ रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा अपराजित रुपमा सेमिफाइनलमा स्थान बनाउँन नेपालले ७४ रनको लक्ष्य पाएको छ । ओमानमा […]