ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

२०८१ आश्विन १९, शनिबार ०८:४२

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग ३ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ४४ रनको सामान्य लक्ष्य क्यानडा हाइप्रफमेन्स टिमले ३६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

क्यानडा हाईप्रफमेन्स टिमका लागि युवराज शर्माले ४४, कप्तान शुभम शर्माले २७, गुरसाहिब सिंहले १७ तथा ओलिभर कक्सले १६ रन जोडे ।

नेपालका लागि अनिलकुमार शाहले ४, कप्तान सोमपाल कामी, रिजन ढकाल, ललित नारायण राजवंशीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९.४ ओभरमा अल आउट हुदै १ सय ४३ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि अनिलले ३४, अर्जुन साउदले ३३, कुशल भुर्तेलले २५ तथा आरिफ शेखले २३ रन जोडे ।

एकसमय ७४ रनमा कुनै विकेट नगुमाएको नेपालले बाँकी १० विकेट ६९ रन जोड्दा गुमायो ।

क्यानडा हाईप्रफमेन्सका लागि शाहिद अहमदजाइले ७.४ ओभरमा २७ रन खर्चिएर ५ विकेट लिए ।

राना सलमान घानीले २ तथा गुरपाल सिन्धु र इफार्न सदातले समान १ विकेट लिए ।

विश्वकप लिग टूका लागि अमेरिका जानु अघि नेपालले अभ्यास खेल खेलेको हो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy