मलेसियनलाई हराउँदै एसिया कप खेल्ने लक्ष्यमा नेपाल

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले आज (शुक्रबार) घरेलु टोलीको सामना गर्दै छ ।

नेपाल र मलेसियाबीचको दोस्रो सेमिफाइनल खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि मलेसियाको बायोमास ओभलमा हुदै छ । मलेसियालाइ हराउँदै नेपाल आठ बर्ष पछि एसिया कपमा छनाेट हुन चाहन्छ । एसिया कपमा छनाेट भएमा नेपालले भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाकाे टाेलीसँग खेल्ने अवसर पाउने छ ।

एसिया कप आगामी सेप्टेम्बरमा आयाेजना हुदैछ ।

मलेसिया र नेपाल अपराजित रुपमा सेमिफाइनल पुगेका हुन् । नेपालले पछिल्लो पटक थाईल्याण्डमा २०१६ मा आयोजना भएको टी-ट्वान्टी एसिया कप खेलेको थियो ।

एसिया कपमा नेपाल दुई पटक छनोट भएको छ । चीनमा भएको २०१२ को एसिया कपमा डेब्यु गरेको नेपालले समूह चरण पार गर्न सकेको थिएन । २०१६ मा भने ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल छैटौं भएको थियो ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई तथा दोस्रो खेलमा भुटानमाथि समान आठ आठ विकेटले र तेस्रो खेलमा माल्दिभ्सलाई २ सय १४ रनले हराएको थियो । क्वाटरफाइनलमा कुवेतलाई आठ विकेटले हराएको थियो ।

प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् । पहिलाे सेमिफाइनलमा युएइ र थाइल्यान्ड अहिले खेलिरहेका छन् ।

नेपाली टोली

ईन्दु बर्मा(कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता रानामगर, काजोल श्रेष्ठ, पूजा महतो, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डलि भट्ट, अस्मिना कर्माचार्य

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy