महिला क्रिकेटमा पिच छोटो र बलको आकार सानो बनाउने बारे बहस

२०७७ जेष्ठ २९, बिहीबार १२:३०

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले यो साता बुधबार आयोजना गरेको वेबिनार कार्यक्रममा महिला क्रिकेटमा गर्न सकिने परिवर्तनहरु बारे छलफल भएको छ।

‘शत प्रतिशत नवीनता’ शिर्षक दिईएको उक्त कार्यक्रममा न्युजिल्याण्ड कप्तान सोफी डेभीने, भारतीय खेलाडी जेमीना रोडरिगेज तथा पुर्व अस्ट्रेलिया क्रिकेटर मेल जोनस मध्यस्तकर्ताको रुपमा उपस्थित थिए।

महिला क्रिकेटको लोकप्रियता पछिल्लो समय बढेको तर अझै पनि यसको तुलना पुरुष क्रिकेट भन्दा निकै पर रहेको छ। महिला क्रिकेटमा समर्थकहरु बढाउन के नयाँ तरिकाहरु अपनाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो।

पिच छोटो बनाउन सकिन्छ

“पुरुष र महिला क्रिकेटलाई तुलना नगरौं किनकि अन्तिममा हामीले दुवैको भिन्नतालाई स्वीकार्ने पर्छ। तर हो पिच छोटो बनाएर प्रयोग गर्न सकिन्छ। यसले खेललाई अर्को स्तरमा पुर्याउन सक्छ भने किन नगर्ने किनकि हाम्रो उद्देश्य खेलको विकासनै हो।”

“हामि धेरै मानिसहरुले यो खेल हेरेको र खेलेको देख्न चाहन्छौ। त्यसैले यो राम्रो सोच हो।” टि-२० विश्वकपमा भारतीय टिमको सदस्य रहेकी रोडरिगेजले बताईन्।

बलको आकार अझ सानो बनाउने

“हामि परम्परागत तरिकामा अल्झिने हो भने धेरै नयाँ खेलाडीहरु आउने छैनन्। त्यसैले यो निकै उत्साहित पार्ने उपाए हो कि महिलाको पक्षबाट खेललाई लिईनुपर्छ” टि-२० विश्वकपमा न्युजिल्यान्डको लागि सर्वाधिक रनकर्ता डेभीनेले धारणा राखिन्।

“नयाँ प्रयोग गर्नु सधै राम्रो जो जसपछि यसको नराम्रो पक्ष तथा काम लाग्छ लाग्दैन थाहा हुन्छ। म बललाई अझ सानो बनाउने पक्षमा छु। तर यदी पिच सानो बनाएको खण्डमा पनि मलाई लाग्छ पेस बलरले अझ तिब्र गतिमा बल फाल्न सक्छन् भने स्पिनरले अझ बल घुमाउन सक्छन्। बलले पनि अझ लामो दुरी पार गर्न सक्छ त्यसैले पिचको पारम्परिक लम्बाई ध्यानमा राख्नुपर्छ।”

यस बारे बहस भएता पनि आईसीसीले तुरुन्त पिच छोटो र बल सानो बनाउने बारे निर्णय भने तत्काल गर्ने छैन। तर महिला क्रिकेटलाई अझ लोकप्रिय बनाउनको लागि खेलाडीहरुले दिएको सुझावलाई आईसीसीले गम्भीर रुपले महिला क्रिकेटको मार्केटिङ गर्न प्रयोग गर्न खोजिरहेको छ। के परिवर्तन हुनेछन् भने समयलेनै बताउनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy