मुम्बईले लखनाउलाई दियो १४५ रनको लक्ष्य

२०८१ बैशाख १८, मंगलवार २१:३८

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४८ औं खेलमा मुम्बई इन्डियन्सले लखनाउ सुपर जायन्ट्सलाई जितका लागि १ सय ४५ रनको लक्ष्य दिएको छ ।

लखनाउको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनायो ।

मुम्बईका लागि निहाल बढेराले ४१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४६ रनको सर्वाधिक ठूलो ईनिङ खेले । टिम डेबिडले १८ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित ३५ रन बनाए । इशान किशनले ३६ बलमा ३२ तथा सुर्य कुमार यादवले ६ बलमा १० रन बनाए ।

लखनाउका लागि मोहसिन खानले दुई तथा मंयक यादव, नभिन उल हक, मार्कस स्टोनियस र रवि बिष्नोईले समान एक एक विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy