युएईविरुद्ध नेपाल : हेड टु हेड

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा शुक्रबार नेपाल र युएईबीच खेल हुदैछ ।

एसोसिएट क्रिकेटको ईएल क्लासिको भिडन्त रुपमा रहेको यो खेल नेपाली समय अनुसार शुक्रबार पौने १२ मा सुरु हुनेछ ।

टी-२० आईको ईतिहासमा नेपाल र युएईबीच नौ पटक खेल भएकोमा पाँच खेलमा नेपाल विजयी हुँदा चार खेलमा युएईको पक्षमा नतिजा गएको छ । पछिल्लो पाँच भेटमा नेपालको पक्षमा तीन खेल र युएईको पक्षमा दुई खेल रहेको छ ।

नेपाल र युएईको पछिल्लो भेट

नेपाल र युएईबीच अन्तिम भेट गत वर्ष भएको थियो । घरेलु भुमीमा भएको आइसीसी टी-२० विश्वकप एसिया क्षेत्रीय छनोट फाइनलको सेमिफाइनल खेलमा युएईलाई पराजित गरि नेपालले विश्वकपमा स्थान बनाएको थियो ।

सो खेल नेपालले ८ विकेटको फराकिलो अन्तरले जितेको थियो । टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । युएईका लागि वृत्य अरबिन्दले ५१ बलमा ६४ रनको अर्धशतकीय ईनिङ खेलेकामा कप्तान मुहम्मद वासिमले १६ बलमा २६ रन बनाएका थिए । नेपालका लागि कुशल मल्लले तीन तथा सन्दीप लामिछानेले दुई सफलता दिलाएका थिए ।

युएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ बल बाँकी रहदै २ विकेट गुमाएर पुरा गरेको थियो । नेपालका लागि सो खेलको प्लेयर अफ द म्याच भएका आसिफ शेखले ५१ बलमा अविजित ६४ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । कप्तान रोहितकुमार पौडेलले २० बलमा अविजित ३४ रन बनाएका थिए । युएईका लागि निलान्श केसवानी र बसिल हमिदले समान एक एक विकेट लिएका थिए ।

नेपाल र युएईबीच ओमानमा दुई खेल भएको छ । जसमा युएईले शतप्रतिशत नतिजा निकालेको छ । २०२२ को टी-२० विश्वकप छनोट अघि भएको चारदेशिय सिरिजमा पहिलो पटक ओमानमा नेपाल र युएई खेलेका थिए । सो खेल नेपालले २५ रनले गुमाएको थियो ।

चारदेशिय सिरिज लगत्तै भएको टी-२० विश्वकप छनोट खेलको सेमिफाइनलमा नेपाललाई ६८ रनको फराकिलो अन्तरले हराउँदै युएई विश्वकपका लागि छनोट भएको थियो ।

नेपाल र युएईको ओमानमा पछिल्लो भेट

२०२२ को टी-२० विश्वकप लागि लागि ओमानमा भएको छनोटमा नेपालले युएईसँग खेलेको थियो । सो खेल नेपालले ६८ रनको फराकिलो अन्तरले गुमाउँनुको साथै टी-२० विश्वकपमा छनोटको ठूलो अवसरबाट समेत बन्चित भएको थियो ।

समूह बी मा रहको नेपाल समूह चरणका सबै खेल जितेर सेमिफाइनल प्रवेश गरेको थियो । युएई भने समूह ए को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

सो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । युएईका लागि ओपनर तथा हालका कप्तान मुहम्मद वासिमले ४८ बलमा ७० तथा वृत्य अरबिन्दले २३ बलमा ४६ रन बनाएका थिए । नेपालका लागि जितेन्द्र मुखिया र अभिनास बाहोराले समान तीन तीन तथा सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।

१ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलब ४ ओभरमा अल आउट हुँदै १ सय ७ रन मात्र बनायो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३८ बलमा ३८ तथा ज्ञानेन्द्र मल्लले १६ बलमा २० रन बनाएका थिए । युएईका लागि जितका नायक बनेका कप्तान अहमद राजाले चार ओभरमा १९ रन खर्चिएर पाँच विकेट लिएका थिए ।

उक्त विर्सनलायक खेलमा खेलेका युएईका आठ खेलाडी अहिले टोलीमा छैनन् । पाँच विकेट लिएर जितका नायक बनेका अहमद राजाले खेलाडी जीवनबाट सन्यास लिई सकेका छन् । प्रमुख रनकर्ता वृत्य अरबिन्दलाई टिममा राखिएको छैन ।

दुवै खेलमा नेपालले हारको सामना गरेको ट्रफ वानमा नै शुक्रबारको सेमिफाइनल खेल हुदैछ । ओमानमा युएईले नेपालविरुद्ध जितेको दुवै खेलमा पहिले ब्याटिङ गरेको थियो ।

दोस्रो सेमिफाइनलमा समूह बी को विजेता ओमान तथा समूह ए को उपविजेता हङकङबीच खेल हुनेछ । दाेस्राे सेमिफाइनल खेल पनि शुक्रबार नै हुनेछ । दुवै सेमिफाइनलका विजेताबीच आइतबार फाइनलमा प्रतिस्पर्धा हुनेछ । फाइनलको विजेता टोलीले एसिया कप २०२५ मा स्थान बनाउने छ ।

नेपाल एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन समेत हो । गतवर्ष युएईलाई पराजित गर्दै नेपाल प्रिमियर कपको च्याम्पियन भएको थियो । दोस्रो संस्करणको प्रिमियर कप जारी रहँदा नेपाल मात्र अपराजित रहने राष्ट्र हो ।

नेपाली टोली :

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा ।

युएईको टोली

मुहम्मद वासिम(कप्तान), तनिस सुरी, अलिसान सरफु, अकिफ राजा, ओमिद रहमान, आसिफ खान, विष्नु सुकुमारन, आयान खान, जुनेद सिद्धिकी, मुहम्मद फरोक, सैयद हैदर, राहुल भाटिया, अलि नासिर, बसिल हमिद ।





थप समाचार

नेपालले टस हार्यो, रोहित बेन्चमा

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

फ्रेजरलाई बाहिर राख्दै अस्ट्रेलियाको टोली घोषणा

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग(आइपीएल) मा अविश्वनिय प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई बाहिर राखेर आगामी जुनमा अमेरिका र […]

नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिज तेस्रो खेल […]

विश्वकपका लागि अफगानी टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि अफगानीस्तानको टोली घोषणा भएको छ […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४८ औं खेलमा मुम्बई इन्डियन्समाथि लखनाउ सुपर जायन्ट्सले जित निकालेको […]

मुम्बईले लखनाउलाई दियो १४५ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४८ औं खेलमा मुम्बई इन्डियन्सले लखनाउ सुपर जायन्ट्सलाई जितका लागि […]