युएईविरुद्ध सेमिफाइनलमा नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले शुक्रबार युएईको सामना गर्दै छ ।

ओमानको मस्कटमा हुने खेल नेपाली समय अनुसार बिहान पौने १२ बाट सुरु हुनेछ । नेपाल अपराजित रुपमा समूह बिजेताको बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । उता, युएई भने आफ्नो समुहको उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

नेपाल लगातार दोस्रो पटक एसीया कपमा स्थान बनाउँन दुई जित मात्र टाढा रहेकोले यस खेलमा आफ्नो बलियो प्लेईङ-११ का साथ मैदान उत्रने छ ।

नेपालले बुधबार समुह चरणको अन्तिम खेलमा साउदी अरेबियाविरुद्धको खेलमा खेलेका एक खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ । बुधबारको खेलमा खेलेका प्रतिश जिसीको स्थानमा सो खेलमा आराम दिईएका सोमपाल कामी टिममा फर्कने सम्भावना रहेको छ ।

युएईविरुद्धको सेमिफाइनल खेलमा नेपालको प्लेईङ-११ यसप्रकारको रहने सम्भावना छ ।

नेपालको ओपनरमा कुशल भुर्तेल र आरिफ शेखले निरन्तरता पाउने सम्भावना छ । तेस्रो नम्बरमा नियमित झै कप्तान रोहितकुमार पौडेलको सम्भावना छ । चौथो नम्बरमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मौका पाउने सम्भावना छ ।

पाँचौ नम्बरमा सन्दीप जोराले अवसर पाउने सम्भावना छ । छैटौं नम्बरमा अलराउन्डर कुशल मल्लले मौका पाउने सम्भावना छ । सातौं नम्बरमा अर्का अलराउन्डर गुलसन झाको सम्भावना छ । आठौं नम्बरमा तीव्र गतिका बलर करण केसीले मौका पाउने सम्भावना छ ।

नवौं नम्बरमा सोमपाल कामीको सम्भावना रहेको छ । दशौं नम्बरमा अभिनास बोहोराको सम्भावना रहँदा एघारौं नम्बरमा ललितनारायण राजवंशीको सम्भावना छ ।

नेपालको सम्भावित प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहोरा र ललितनारायण राजवंशी ।

 





थप समाचार

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]

गायकवाडको अर्धशतकमा चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको अर्धशतकको सहयोगमा चेन्नई सुपर […]

विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ […]

अकिवको कप्तानीमा ओमानको टोली घोषणा

काठमाडौं । अलराउन्डर अकिव इलियाल्सको कप्तानीमा ओमानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागी […]

चार्ल्सको शतकमा नेपाल पराजित

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको […]

चार्ल्सको शतकमा नेपाललाई २२८ रनको लक्ष्य

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिज ए बाट २ सय […]