यु-१९ टिमको टेष्ट राष्ट्रलाई आश्चर्यमा पार्ने लक्ष्य

काठमाडौँ, पुस ५ गते । यू–१९ एसिया कप क्रिकेटमा सहभागिता जनाउन नेपाली टोली सोमबार युएई प्रस्थान गरेको छ । युएईमा डिसेम्बर २३ बाट सुरु हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक बसन्त शाही ठकुरीले बताए।

‘लामो समयपछि यू–१९ क्रिकेट खेल्ने अवसर आएको छ । टेष्ट राष्ट्रलाई आश्चर्यमा पार्दै नकआउट चरणमा पुग्ने लक्ष्य राखेका छौँ । छोटो तयारी भएपनि टोलीका खेलाडीमा आत्मविश्वास बढेको छ,’ ठकुरीले बताए । पहिलो पटक टोलीको कप्तानी सम्हालेका देव खनालले राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाए ।

एसिया कपमा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ बाट नेपालसँगै श्रीलंका, बंगलादेश र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’ मा पाकिस्तान, भारत, अफगानिस्तान र आयोजक युएई रहेका छन् ।

प्रतियोगितामा नेपालले पहिलो खेल डिसेम्बर २३ मा बंगलादेश, दोस्रो खेल डिसेम्बर २५ मा श्रीलंका र समूह चरणको अन्तिम खेलमा डिसेम्बर २८ तारिख कुवेतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल डिसेम्बर ३० तारिख हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले हालै सम्पन्न वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई टोलीमा समावेश गरेको हो ।

टोलीमा कप्तान देव खनालसँगै उपकप्तानमा शेर मल्ल, दपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी छन् । नेपाली टोलाीलाई सोमबारनै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले विदाई गरे।





थप समाचार

आइपीएल : कोलकता र पञ्जाब खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र पञ्जाब किंग्सबीच खेल हुदैछ । काृलकाताको घरेलु मैदान इडन […]

हैदराबादमाथि बेंगलुरुको जित, बेंगलुरुविरुद्ध चलेन हैदराबादको ब्याटिङ

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादमाथि रोयल च्यालेन्जर्स बेंगलुरुले जित निकालेको छ […]

बेंगलुरुद्वारा हैदराबादलाई २०७ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुबाट २ सय ७ […]

गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप : मधेश र कर्णाली विजयी

काठमाडौं । जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत बिहिवार सम्पन्न दुई खेलमा मधेश प्रदेश र कर्णाली प्रदेशले जित […]

आइपीएल : बेंगलुरु र हैदराबाद खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुदै छ । हैदराबादको घरेलु […]

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्ट इन्डिज ए विरुद्ध को पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको […]