राजु र खगेन्द्रको कप्तानीमा चटकपुर स्पोर्टस क्लब नेपाल र सत्यवती एकेडेमीको टोलि घोषणा, दुई टोलिबीच एकमात्र टी-२० खेल हुने

२०७८ माघ २८, शुक्रबार २३:१०

चटकपुर स्पोर्टस क्लब नेपालको आयोजना तथा शैलेश्वरी पुस्तक पसलको प्रायोजनमा भोलि हुने चटकपुर स्पोर्टस क्लब नेपाल र अत्तरियाको सत्यवती एकेडेमीबीचको एकमात्र टी-२० खेलको लागि राजु रिजाल र खगेन्द्र जोशीको कप्तानीमा दुबै टोलिको खेलाडी घोषणा भएको सिरिज  संयोजक दिपक रावलले जानकारी दिएका छन् ।

खेल भोलि बिहान ९:३० बजे धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

यहि फाल्गुन २ गतेदेखि लिटिल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा हुने छैटौं संस्करणको धनगढी मेयर लिटिल फ्लावर प्रीमियर लिग यु-१९ विद्यालयस्तरीय राष्ट्रिय क्रीकेट प्रतियोगितामा सहभागी अत्तरियाको सत्यवती एकेडेमीको अभ्यासको लागि उक्त सिरिजको आयोजना गरिएको क्लवका सचीव लोकेश जोशीले बताए ।

चटकपुर स्पोर्टस क्लब  नेपालको टोलि : राजु रिजाल( कप्तान ),राजन सिंह( विकेटकिपर ),योगेश भाट,सन्दिप बिष्ट,सुबोध ऐर,आयुव चन्द,सागर भण्डारी,धर्मराज जोशी,भोजराज भट्ट,अभिशेक मल्ल,अभिशेक कुँवर,क्रिस एयर, दिपक ओड र शुदांशु रावल रहेका छन्।

टिम प्रशिक्षकको रुपमा लोकेश जोशी रहेका छन् भने टोलिको व्यवस्थापकमा दिपक रावल छन् ।

सत्यवती एकेडेमी अत्तरिया : खगेन्द्र जोशी( कप्तान, विकेटकिपर),सन्दिप खत्री क्षेत्री,सन्तोष कार्की,आदिल अन्सारी,सुजन गौतम,निरज भट्ट,कैलाश भट्टराई,महेश्वर धामी,आशिष गुप्ता,आशिष महरा,पवन मल्ल,दिलिप ठकुराठी,युवराज खत्री र वसन्त सुबेदी रहेका छन्।

टिम प्रशिक्षकमा भुवन केसी रहेका छन् भने टोलिका व्यवस्थापक रमेश कडायत र टिम मेन्टरमा रजत शाही छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy