रोहितको उत्कृष्ट बलिङमा नेपालद्वारा क्यानडा पराजित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट बलिङमा नेपालले क्यानडालाई पराजित गरेको छ ।

क्यानडा र नेपालबीचको तीन खेलको ओडिआई सिरिज अन्तर्गत टियु मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ७ रनले विजयी भएको छ । जितसँगै नेपालले तीन खेलको ओडिआई सिरिजमा १-० को अग्रता लिएको छ ।

कप्तान पाैडेलले ८ दशमलब ५ अाेभर २ मेडन राखेर ४ विकेट लिएका थिए ।

नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७ दशमलब ५ ओभरमा अल आउट हुँदै २ सय १७ रन मात्र बनायो ।

क्यानडाका लागि निकोलस किर्टोनले ९९ बलमा ७ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय ईनिङ खेले । निकोलस पवन सरार्फको बलमा बोल्ड आउट भएका थिए । प्रगत सिंहले ५८ बलमा ९ चौकाको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । अर्धशतक बनाएका सिंह कप्तान पौडेलको बलमा आउट भए । सिंहले किर्टोनसँग मिलेर ७९ रनको साझेदारी गरेका थिए ।

हर्ष थाकरले ४३ बलमा ३ चौकाको सहयोगमा ३२ रन बनाए । थाकर कुशल मल्लको बलमा बोल्ड आउट भए ।

ओपनर नवदित धालीवाल रिजन ढकालको बलमा ६ रन बनाउँदै आरिफ शेखबाट क्याच आउट भए । ढकालको यो ओडिआईको पहिलो विकेट रहेको थियो । ढकालले यसै खेलबाट ओडिआई खेलबाट डेब्यु गरेका थिए ।

अर्का ओपनर आरन जोनसन १५ बलमा २९ रन बनाए । जोनसन सोमपाल कामीको बलमा बोल्ड आउट भए । जोनसनलाई २ दशमलब ५ ओभरमा सोमपाल कामीको बलमा ललित नारायण राजवंशीले १२ रन हुँदा क्याच मिस गर्न पुगेका थिए ।

४४ दशमलब २ ओभरमा क्यानडाका कप्तान साद विन जाफरलाई ललितनारायण राजवंशीले बोल्ड आउट भएसँगै नेपाल खेलमा फर्किएको थियो । ४२ दशमलब २ ओभरमा २ सय रन कटाए पनि क्यानडाका पछिल्लो क्रमका ब्याटरले खास प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि कप्तान पौडेलले चार र ललितनारायण राजवंशीले दुई विकेट लिए । पवन सरार्फ, कुशल मल्ल, सोमपाल कामी र रिजन ढकालले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम बलमा अल आउट हुदै २ सय २४ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ५८ बलमा ९ चौका र १ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले । नेपालका लागि ओडिआईमा ४७ खेलमा भुर्तेलको सातौं अर्धशतक हो । भुर्तेलले २०२१ सेप्टेम्बर ७ मा ओमानमा भएको पपुवा न्युगिनीविरुद्धको सिरिजमा नेपालका लागि ओडिआईमा डेब्यु गरेका थिए ।

पहिलो विकेटका लागि भुर्तेल र आसिफ शेखबीच ४८ रनको साझेदारी भएको थियो । आशिफ २४ बलमा ८ रनमा बनाएर ९ दशमलब १ ओभरमा उदय भगवानको बलमा नबनित धालीवालाबाट समातिए ।

त्यस लगत्तै क्रिजमा आएका कप्तान रोहित कुमार पौडेल १४ दशमलब ३ ओभरमा ईश्वरजोत सोहिको बलमा हर्ष थाकरद्वारा क्याच आउट भए । कप्तान पौडेलले १७ बलमा १ चौकाको सहयोगमा ८ रन बनाएका थिए ।

ओपनर कुशल भुर्तेल १८ दशमलब ३ ओभरमा क्यानडाका कप्तान साद विन जाफरको बलमा विकेटकिपर श्रेयस मोभाद्वारा स्टम्पिङ आउट भए । उनले ५८ बलमा ९ चौका र १ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले ।

भीम सार्कीले २६ बलमा २ चौकाको सहयोगमा १७ रन बनाए । भीम २२ दशमलब ३ ओभरमा कप्तान साद विन जाफरको बलमा एलबीडब्लु आउट भए ।

कुशल मल्ल ३२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाएर आउट भए । कुशल २९ दशमलब ३ ओभरमा हर्ष थाकरको बलमा निकोलस किर्टनद्वारा क्याच आउट भए ।

नेपालले छैटौं विकेटका रुपमा अरिफ शेखलाई गुमाएको थियो । आरिफ ५० बलमा ३८ रन बनाएर उदय भगवानको बलमा बोल्ड आउट भए ।

४१ दशमलब १ ओभरमा पवन सरार्फको रुपमा नेपालले सातौं विकेट गुमाएको थियो । पवनले ३४ बलमा १ चौकाको सहयोगमा १५ रन बनाए । पवनको ओडिआईमा बनेको यो सर्वाधिक स्कोर हो । यस अघि उनले स्कटल्याण्डमा भएको विश्वकप लिग टू अन्तगर्तको खेलमा नामिबियाविरुद्ध अविजित १० रन बनाएका थिए ।

आठौं नम्बरमा ब्याटिङमा आएका सोमपाल कामीले २३ बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए । सोमपाल उदय भगवानको बलमा प्रगत सिंहबाट क्याच आउट भए ।

सुर्य तामाङले अविजित १० रन बनाउँदा रिजन ढकालले ४ रन बनाए ।

क्यानडाका लागि उदय भगवानले तीन तथा कप्तान साद विन जाफर दुई विकेट लिए । ईश्वरजोत सोही, साहिद अमजाद र हर्ष थाकरले समान एक एक विकेट लिए ।

यस खेलमा नेपालका लागि रिजन ढकाल र सुर्य तामाङले ओडिआई डेब्यु गरेका थिए । बायाँ हाते बलर रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए । प्रधानमन्त्री कपमा सुर्य तामाङले बागमती प्रदेशबाट खेल्दै ३० विकेट लिएका थिए । बायाँ हाते बलर रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए ।

नेपाल र क्यानडाबीचको दोस्रो खेल १० फेब्रुअरी अर्थात माघ २७ मा तथा अन्तिम खेल १२ फेब्रुअरी अर्थात माघ २९ मा हुनेछ ।





थप समाचार

एपीएफको सुखद सुरुआत

काठमाडौं । ललितपुर मेयर्स कपको तेस्रो खेलमा नेपाल एपीएफ क्लबले सुखद सुरुआत गरेको छ । पहिलो खेल जितका साथ सुरुआत […]

सुदूरद्वारा ललितपुर पराजित

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोली ललितपुर मेयर्स एघारलाई डिएलएसमा पराजित गरेको छ […]

सुदूरद्वारा ललितपुरलाई १२३ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोलीलाई ललितपुर मेयर्स एघारलाई जितका लागि १ सय […]

जुनियर देखि सिनियर सोमपालको विश्वकप यात्रा..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट ईन्डिजमा संयुक्त रुपमा आयोजना हुदै गरेको टी-२० विश्वकप खेल्दैछ । नेपालले दश […]

मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार भएको खेलमा मुम्बई इन्डियन्समाथि जित निकाल्दै कोलकाता नाइट राइडर्स […]

कृतिका चम्कँदा बागमतीमाथि ललितपुरको सहज जित

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशमाथि सहज जित निकालेको छ […]