लयमा फर्किंदै नेपाली खेलकुद

Paras Khadka

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प रहेको नेपाली खेलकुदको लय फर्किने तयारीमा छ ।

लामो समय मैदानमा बाहिर रहेका नेपाली खेलाडी मैदानमा फर्किने क्रमः सुरु भइसकेको छ । युरोपका विभिन्न देशमा लकडाउनबीच प्रतियोगिता सुरु भएका छन् । सामाजिक दूरी कायम गर्दै युरोपका शीर्ष डिभिजनका फुटबल लिग सुरु भइसकेका छन् । केही सुरु हुने तयारीमा छन् ।

नेपालमा प्रतियोगिता सञ्चालन गर्न नसकिए पनि खेलाडी प्रशिक्षणमा फर्किने कार्य भने जारी छ । सोमबार मात्रै राष्ट्रिय क्रिकेट टोलीका चार सदस्य पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी र अभिनाश बोहराले प्रशिक्षण सुरु गरेका थिए । उनीहरूले टीयू क्रिकेट मैदानमै पुगेर प्रशिक्षण सुरु गरेका थिए ।


यसै क्रममा नेपाल ब्याडमिन्टन संघले पनि खेलाडीको अभ्यास थाल्ने तयारी गरेको छ । संघका सचिव नवीनविक्रम शाहका अनुसार संघले यसै सातादेखि राष्ट्रिय खेलाडीको प्रशिक्षण सुरु गर्ने तयारी गरेको जानकारी दिए ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति लिँदै प्रशिक्षण सुरु गर्ने तयारी गरेको संघका सचिव शाहले जानकारी दिए ।





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]