विश्वकपका लागि पीएनजी र आयरल्यान्डको टोली घोषणा

काठमाडौं । २ जुनबाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपका लागि आयरल्यान्ड र पपुवा न्युगिनी (पीएनजी) को टोली घोषणा भएको छ ।

मंगलबार पाउड स्ट्रलिगंको कप्तानीमा आयरल्यान्ड तथा बुधबार असद भालाको कप्तानीमा पीएनजीको टोली घोषणा भएको हो ।

आयरल्यान्ड समूह ए मा भारत, पाकिस्तान, क्यानडा र अमेरिकासँगै एकै समूहमा रहेको छ । ५ जुनमा भारतसँग खेल्दै आयरल्यान्डले विश्वकपको सुरुआत गर्नेछ ।

पीएनजी यस टी-२० विश्वकपको समूह सी मा रहेको छ । यस समूहमा पीएनजीका अलावा अफगानिस्तान, न्युजिल्यान्ड, युगान्डा र वेस्ट इन्डिज छन् ।

२ जुनमा वेस्ट इन्डिजसँग खेल्दै पीएनजीले विश्वकपको सुरुआत गर्ने छ ।

पीएनजीको टोली

असद भाला (कप्तान), चार्ल्स अमिनी, अलेई नाओ, चाड सोपर, हिला वारे, हिरी हिरी, ज्याक गार्डनर, जोन कारिको, काबुआ मोरिया, किपलिंग डोरिगा, लेगा सियाका, नोर्मन भानुआ, सेमा कामिया, सेसे बाउ, टोनी उरा

आयरल्यान्डको टोली

पाउन्ड स्टर्लिंग (कप्तान), मार्क एडेयर, रोस एडेयर, एंड्रयू बालबर्नी, कर्टिस कैम्फर, ग्यारेथ डेलानी, जॉर्ज डकरल, ग्राहम ह्यूम, जोश लिटिल, बैरी मैकार्थी, नील रॉक, हैरी टेक्टर, लोर्कन टकर, बेन व्हाइट, क्रेग यंग।





थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]