विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा भएको छ ।

सोमबार दुवै टोलीको घोषणा भएको हो । पहिलो पटक विश्वकपमा स्थान बनाएको युगान्डाले ब्रायन मसाबाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । युगान्डा विश्वकपको समूह सी मा रहेको छ ।

समूह सी मा युगान्डाको अलावा अफगानिस्तान, न्युजिल्यान्ड, पपुवा न्यु गिनी र वेस्ट इन्डिज रहेका छन् । ४ जुनमा अफगानिस्तानसँग खेल्दै युगान्डाले विश्वकपको सुरुआत गर्नेछ ।

स्कटल्यान्डले रिची बेरिङ्टनको कप्तानीमा स्कटल्यान्डले १५ सदस्यीय टोलीको घोषणा भएको छ । विश्वकपमा स्कटल्यान्ड समूह बी मा रहेको छ । समूह बी मा स्कटल्यान्डको अलावा अस्ट्रेलिया, इंग्ल्यान्ड, ओमान र नामिबिया छन् । ४ जुनमा इंग्ल्यान्डसँग खेल्दै स्कटल्यान्डले विश्वकपको सुरुआत गर्ने छ ।

युगान्डाको टोली

ब्रायन मसाबा (कप्तान), साइमन सेसाजी, रोजर मुकासा, कोस्मस क्यूवुता, दिनेश नकरानी, फ्रेड अचेलम, केनेथ वैस्वा, अल्पेश रामजानी, फ्रैंक नेबुगा, हेनरी सेन्योन्डो, बिलाल हसन, रॉबिन्सन ओबुया, रियाजत अली शाह, जुमा मियाजी, रौनक पटेल।

स्कटल्यान्डको टोली

रिची बेरिंगटन (कप्तान), म्याथ्यु क्रस, ब्रेड करी, क्रिस ग्रीव्स, ओली हेयर्स, जैक जार्विस, माइकल जोन्स, माइकल लीस्क, ब्रैंडन मैकमुलेन, जॉर्ज मुन्से, सफियान शरीफ, क्रिस सोले, चार्ली टियर, मार्क वाट, ब्रैड व्हील।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy