विश्वकप लिग-२ : ओमानको तेश्रो जित, सकियो पहिलो त्रिकोणात्मक सिरिज

२०७६ भाद्र ५, बिहीबार ०९:१४

आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारि पहिलो त्रिकोणात्मक सिरिज सकिएको छ। स्कटल्याण्डमा आयोजित सिरिज अन्तर्गत अन्तिम खेलमा ओमानले पपुवा न्यु गिनीलाई ४ विकेटले पराजित गर्यो।

सिरिजमा स्कटल्याण्ड र ओमानले समान ३/३ जित र १/१ हार बेहोर्यो भने पपुवा न्युगिनी ४ वटै खेलमा पराजित हुन पुग्यो। समान ६/६ अंक रहे पनि नेट रन रेटको आधारमा ओमानलाई पछि पर्दै सिरिज स्कटल्याण्डले जित्न सफल रह्यो।

सिरिजको ६ खेलको नतिजा यस्तो रह्यो 

पहिलो खेल – ओमानद्वारा पपुवा न्युगिनी ४ विकेटले पराजित
दोश्रो खेल – ओमानद्वारा स्कटल्याण्ड ८ विकेटले पराजित
तेश्रो खेल – स्कटल्याण्डद्वारा पपुवा न्यु गिनी ३ विकेटले पराजित
चौथो खेल – स्कटल्याण्डद्वारा ओमान ८५ रनले पराजित
पाँचौ खेल – स्कटल्याण्डद्वारा पपुवा न्युगिनी ३८ रनले पराजित
छैठौं खेल – ओमानद्वारा पपुवा न्यु गिनी ४ विकेटले पराजित

अंकतालिका 

पपुवा न्यु गिनीले दिएको २०७ रनको लक्ष्य ओमानले ४७.४ ओभरमा पुरा गर्यो। लक्ष्य पछ्याउने क्रममा एक समय ११०/२ रहेको ओमानको योगफल १३६/६ पुगेको थियो। अकिब इल्यासले ६३, खवर अलिले ३२ रन बनाए।

हारको खतरालाई सातौँ विकेटको लागि मोहम्मद नदीम र सुरज कुमारले उत्कृस्ट साझेदारी गर्दै टारे। दुवैले ७१ रनको साझेदारी गर्दै जित दिये। नदीमले अविजित २९ तथा सुरजले अविजित ३५ रन बनाए। ओमान बलर चार्ल्स अमिनीले सर्वाधिक ३ विकेट लिए।

पपुवा न्युगिनीको ब्याटिंग 

टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा पपुवा न्यु गिनीले ५० ओभरमा ९ विकेट गुमाएर २०६ रन बनाएको थियो।

पहिलो विकेटको लागि टिपी उरा र गौडी टोकाले ४८ रनको साझेदारी गरेपछि पपुवा न्यु गिनीले निरन्तर गुमाएपछि  ४८/१ को अवस्थाबाट १०६/६ को नाजुक अवस्थामा पुग्यो। उराले ३४, टोकाले २३ रन बनाए भने कप्तान असद भालाले २० रन बनाए।

त्यसपछि तल्लो क्रममा चाड सोपरले २९, हिरी हिरीले अविजित ३१, किप्लिन डोरिगाले २४ तथा नोसें पोकनाए ११ रन बनाउदै योगफल २०० पार गराए।

ओमानको बलिंगमा जय ओडेड्राले ४ विकेट ( १०-१-३४-४ ) लिए। बिलाल खानले २, जिसान मक्सुद, अकिब इल्यास र खवर अलिले समान १/१ विकेट लिए।

विश्वकप लिग-२ अन्तर्गत अब आगामी त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा अमेरिकामा आयोजना हुनेछ। आयोजक अमेरिका सहित पपुवा न्यु गिनी र नामिबिया सिरिजमा खेल्नेछन्। नेपालले पहिलो खेल फेब्रेवरीमा घरेलु मैदानमा खेल्नेछ। नेपालसंग अमेरिका र ओमानले खेल्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy