सन्दीपको अर्धशतकमा युएईलाई १२० रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले सन्दीप जोराको अर्धशतकको सहयोगमा युएईलाई १ सय २० रनको लक्ष्य दिएको छ ।

ओमानको मस्कटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनायो ।

नेपालका लागि सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । गुलसन झाले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए । करण केसीले १२ बलमा २ छक्काको सहयोगमा १७ रन बनाए ।

ईनिङको पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएर नेपाल संकटमा परेको थियो । अर्का ओपनर आसिफ शेख पनि व्यक्तिगत ८ रन बनाउँदै ओमिद रहमानको बलमा एलबीडब्लु आउट भए । कप्तान रोहितकुमार पौडेलले पनि १८ बलमा ५ रन मात्र बनाउन सके ।

कुशल मल्ल ३, दिपेन्द्रसिंह ऐरी ५ तथा सोमपाल कामी २ रनमा आउट भए ।

युएईका लागि अलि नासिर, बसिल हमिद र जुनैद सिद्धिकीले समान दुई दुई तथा आयान खान, ओमिद रहमान,  मुहम्मद फरिकले समान एक एक विकेट लिए ।





थप समाचार

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]

गायकवाडको अर्धशतकमा चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको अर्धशतकको सहयोगमा चेन्नई सुपर […]