साग महिला क्रिकेट : बंगलादेशसंग नेपाल सहजै पराजित

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पोखरामा जारि महिला क्रिकेट अन्तर्गतको खेलमा नेपाललाई बंगलादेशले पराजित गरेको छ।

पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गरेको नेपालले पहिलो हार बेहोर्यो। बंगलादेशको भने यो लगातार दोश्रो जित हो। बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो।

पोखरा स्थित पोखरा रंगशालामा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य बंगालदेशले ७.४ ओभरमा विकेट नगुमाई पुरा गर्यो। बंगालदेशको ओपनर मुर्शिदा खातुनले अविजित २३ र आयशा रहमानले अविजित २६ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा नेपालले १९.२ ओभरमा ५० रनमै सम्पूर्ण विकेट गुमाएको थियो।

सुरुवात देखि विकेट गुएको नेपाली महिला टिम कुनै पनि बेला सम्हालिन सकेन। नेपालको लागि सर्वाधिक रन कप्तान रुबिना क्षेत्रीले १३ रन बनाइन्। सोनु खड्काए १२ तथा इन्दु बर्माले १० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सउमनहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बंगलादेशको बलिंगमा रबेया खानले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २ मेडन ओभर सहित ८ रन मात्र खर्चिए। जहानारा आलमले २ तथा सालमा खातुन, नहिदा अख्तर र फहिमा खातुमले १/१ विकेट लिए।

खेलको फोटोहरु –

  

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy