साग महिला क्रिकेट : रोमान्चक खेलमा श्रीलंकालाई पराजित गर्दै बंगलादेशले जित्यो स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको फाइनलमा श्रीलंकालाई अत्यन्त रोमान्चक खेलमा २ रनले पराजित गर्दै बंगलादेशले स्वर्ण पदक जितेको छ। बंगलादेशले स्वर्ण, श्रीलंकाले रजत तथा नेपालले कास्य पदक हात पार्यो।

पोखरा रंगशालामा सम्पन्न अत्यन्त रोमान्चक खेलमा पहिले ब्याटिंग गर्दै बंगलादेशले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो।

अन्तिम २ ओभरमा जितको लागि आवस्यक ७ रन श्रीलंकाले बनाउन नसक्दा बंगलादेश विजयी भयो। अन्तिम ओभरमा बंगलादेश तिब्र गति बलर जहानारा आलमले उत्कृस्ट बलिंग गर्दै मात्र ४ रन मात्र दिईन्।

श्रीलंकाको ब्याटिंगमा कप्तान हर्षित माधभीले सर्वाधिक ३२, लिहिनी अप्सराले २५ तथा निलाक्षाना संदामिनीले १० रन बनाउनु बाहेक अन्य ब्याट्सउमनले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बंगलादेश बलर नहिदा अख्तरले २ विकेट ( ४-१-९-२ ) लिंदा जहानारा आलम, सल्मा खातुन र खादिजा तुल कुब्राले समान १/१ विकेट हात पारिन्।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रन बनाएको थियो।  उसको लागि निगार सुल्तानले सर्वाधिक २९, संजिदा इस्लामले १५, फहिमा खातुनले १५ तथा मुर्शिदा खातुनले १४ रन बनाए।

श्रीलंकाको बलिंगमा उमेशा थिमाशिनीले ४ विकेट हात पारिन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy