सुपर सिक्समा नेपालले खेल्ने खेलको मिती तय

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग खेल्ने खेलको मतिी तय भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद(आइसीसी) ले नेपालले भारत र बंगलादेशसँग खेल्ने खेलको मिती तय गरेको हो ।

नेपाल समूह डी को निर्णायक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो ।

समूह डी बाट नेपाल, पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगेका छन् ।

समूह ए बाट भारत, बंगलादेशले शीर्ष २ मा रहँदै सुपरसिक्समा स्थान बनाएका छन् । नेपालले यी दुई टोलीसँगै सुपर सिक्समा खेल्ने छ ।

खेलतालिका अनुसार नेपालले ३१ जनवरीमा समूह ए को दोस्रो स्थानमा रहको बंगलादेशसँग खेल्दै नेपालले सुपर सिक्सको सुरुआत गर्नेछ । नेपालले २ फेब्रुअरीमा समूह ए को शीर्ष टोली भारतसँग खेल्नेछ ।

सेमिफाइनलमा स्थान बनाउनका लागि नेपालले सुपर सिक्समा भारत र बंगलादेश दुबै टोलीलाई हराउन आवश्यक छ ।





थप समाचार

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]