हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । ओमानमा जारी एसीसी मेन्स प्रिमियर कपको हङकङलाई पराजित गरि नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ ।

एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाउँने क्रममा नेपालले हङकङलाई ८ विकेटले पराजित गर्यो ।

ओमानको मस्कटमा वर्षाका कारण खेल ढिला सुरु हुँदा १८ ओभरमा छोट्याईएको थियो । हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ दशमलब २ ओभरमा २ विकेट गुमाई पुरा गर्यो ।

नेपालको जितमा ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४० रनको ईनिङ खेले । अर्का ओपनर कुशल भुर्तेलले १९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए ।

आसिफले यसै खेलमा आफ्नो टी२० आई करियरमा एक हजार रन पुरा गरेका थिए । यो सफलता प्राप्त गर्ने शेख चौथा नेपाली क्रिकेटर हुन् । उनी अघि दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेलले एक हजार रन पुरा गरिसकेका थिए ।

पहिलो विकेटका लागि भुर्तेल र शेखले ३३ बलमा ७० रनको विस्फोटक सुरुआत दिलाएर नेपाललाई सहज जित तर्फ पुर्याएका थिए । भुर्तेल आउट भएसँगै क्रिजमा आएका कप्तान रोहित पौडेलले २० बलमा ३ चौकाको सहयोगमा अविजित २५ रन बनाए ।

सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १९ रन बनाए ।

हङकङका लागि यासिम मुर्ताजा र इशान खानले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित १८ ओभरको एक बल बाँकी रहँदा अल आउट हुदै १ सय १४ रन बनाएको थियो ।

हङकङका लागि ओपनर अंशुमान रथले २६ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३४ रन बनाए । कप्तान निजाकत खानले ११ बलमा १२ रन तथा जिशान अलिले १४ रन बनाए । इशान खानले ११ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपाली कसिलो बलिङ तथा फिल्डिङका कारण हङकङले यस ईनिङमा १ छक्का र ८ चौका प्रहार गर्यो ।

नेपालका लागि अभिनास बोहोराले तीन तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई दुई विकेट लिए । करण केसीले एक विकेट लिए । नेपालले रन आउटको रुपमा दुई सफलता हात पारेको थियो ।





थप समाचार

दिल्लीमाथि कोलकाताको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्समाथि सहज जित हात पारेको छ […]

कोलकाताले दिल्लीबाट पायो १५४ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्सबाट १ सय ५४ रनको लक्ष्य […]

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]