हङकङसँगको खेल वर्षाले रद्द, नेपाल फाइनलमा

काठमाडौं। वर्षाको कारण घरेलु टोली हङकङविरुद्धको खेल रद्द हुँदा नेपाल चारदेशिय टी–२० सिरिजको फाइनलमा पुगेको छ।

शुक्रबार लिग चरणको अन्तिम खेल नेपाल र हङकङ भिडिरहेका थिए। तर, खेल नौ ओभर पुग्दा नै वर्षाको कारण रद्द भएको हो। हङकङले तीन विकेट गुमाउँदै ६८ रन बनाइसकेको थियो। तर, वर्षाका कारण खेल अघि बढ्न नसक्दा दुवै टोलीले अंक बाँडे।

योसँगै नेपालले अपराजित रहँदै फाइनलमा स्थान बनायो। शीर्ष स्थानमा रहेको नेपालले तीन खेलबाट पाँच अंक जोड्यो। अब नेपालले उपाधिका लागि कुवेतसँग खेल्नेछ। कुवेत समूह उपविजेता हुँदै फाइनलमा पुगेको हो।

लिग चरणमा नेपालले कुवेतसँग ६ विकेटको जित हात पारेको थियो। यी दुईबीचको खेल आइतबार हुनेछ। हङकङ र कतार नै अब तेस्रो स्थानका लागि खेल्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy