हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको छ ।

घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नई ७८ रनले विजयी भयो ।

चेन्नईले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हैदराबादले १८ दशमलब ४ ओभर १ सय ३४ रन बनाउँदै अल आउट भयो ।

हैदराबादका लागि एडेन माक्ररमले २६ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक २६ रन बनाए । हेनरिक केलसनले २१ बलमा १ छक्काको सहयोगमा २० रन बनाए । अब्दुल समादले १८ बलमा १ चौका र १ छक्काको सहयोगमा १९ रन बनाए । अभिषेक शर्मा र नितिशकुमार रेड्डीले समान १५/१५ रन बनाए ।

चेन्नईका लागि तुसार देशपान्डेले चार तथा मथिशा पथिराना र मुस्ताफिजुर रहमानले समान दुई दुई विकेट लिए । शार्दुल ठाकुर र रविन्द्र जडेजाले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।

चेन्नईका लागि कप्तान ऋतुराज गायकवाड र ड्यारिल मिचलले अर्धशतकीय ईनिङ खेले । गायकवाडले ५४ बलमा १० चौका र ३ छक्काको सहयोगमा ९८ रनको अर्धशतकीय ईनिङ खेले । आइपीएल करियरको दोस्रो शतक बनाउँन गायकवाडले २ रनले चुकेका थिए । मिचेलले ३२ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले ।

मिचेल र गायकवाडले दोस्रो विकेटका लागि ६४ बलमा १ सय ७ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए ।

शिभम दुबेले २० बलमा १ चौका र ४ छक्काको सहयोगमा अविजित ३९ रन बनाए । तेस्रो विकेटका लागि दुबे र गायकवाडले ३५ बलमा ७४ रनको साझेदारी गरेका थिए ।

हैदराबादका लागि टि नटराजन, जयदेव उन्नादकड र भुवनेश्वर कुमारले समान एक एक विकेट लिए ।

नौ खेलमा पाँचौ जित निकालेको चेन्नई अंक तालिकाको तेस्रो स्थानमा छ । नौ खेलमा चौथो हारका साथ हैदराबाद चौथो स्थानमा झरेको छ ।





थप समाचार

योगेन्द्रको अलराउन्ड प्रदर्शनमा अभानीको जित

काठमाडौं । नेपाली यू-१९ टोलीबाट २०१६ मा विश्वकप खेलेका योगेन्द्रसिंह कार्कीको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाको सिड्नीमा जारी अभानी प्रिमियर लिगमा […]

सम्झनाको अर्धशतकमा सुदुरको लगातार दोस्रो जित

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई पराजित गर्दै लगातार […]

नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको नेदरल्यान्ड्सले आफ्नो […]

सम्झनाको अर्धशतकमा कोशीलाई १ सय १३ रनको लक्ष्य

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई जितका लागि १ […]

एपीएफको लगातार दोस्रो जित, बागमतीको लगातार दोस्रो हार

काठमाडौं । ललितपुर मेयर कपमा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पार्दा बागमती प्रदेशले लगातार दोस्रो हार […]

बेंगलूरुको लगातार पाँचौ जित, बेंगलूरुको प्लेअफ सम्भावना कायमै

काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरुले लगातार पाँचौ जित निकालेको छ । यस जितसँगै बेंगलूरुले प्लेअफ […]